YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 9:6-11

२ कोरिन्थी 9:6-11 सरल नेपाली

तर यो कुरा नबिर्स, “थोरै छर्नेले थोरै र धेरै छर्नेले धेरै उब्‍जाउँछ।” जसलाई जति दिन मन लाग्‍छ, त्‍यति नै देओ। चित्त दुखाउँदै कसैको करमा परेर नदेओ किनभने परमेश्‍वरले त खुसीले दिनेलाई नै मन पराउनुहुन्‍छ। परमेश्‍वरले तिमीहरूलाई प्रशस्‍त हुने गरी पूरै दिन सक्‍नुहुन्‍छ र चाहिएको भन्दा पनि बढी नै दिनुहुनेछ। तिमीहरूलाई कुनै कुराको पनि कहिले खाँचो पर्नेछैन र प्रशस्‍त भलाइकै काम गर्न सक्‍नेछौ। धर्मशास्‍त्रमा पनि त्‍यस्‍तै लेखिएको छ, “उसले छर्छ र मन खोलेर गरीबलाई दिएको छ, उसले गरेको भलाइ युगयुगसम्‍म रहनेछ।” छर्नेलाई बीउ र खानेलाई रोटी परमेश्‍वरले दिनुहुन्‍छ। उहाँले तिमीहरूलाई चाहिने सबै बीउ दिनुहुनेछ र उमार्नुहुनेछ र खुल्‍ला मनले दिनुभएको कारणले खुब राम्रो फसल दिनुहुनेछ। तिमीहरूले सधैँ खुल्‍ला मुट्ठीले दिन सक्‍ने गरी परमेश्‍वरले तिमीहरूलाई धनी बनाउनुहुनेछ। तिमीहरूको दान हामीले अरू मण्‍डलीहरूमा बाँड्दा तिनीहरूले परमेश्‍वरलाई धन्‍यवाद चढाउनेछन्।

२ कोरिन्थी 9 पढ्नुहोस्