YouVersion लोगो
खोज आइकन

2 कोरिन्थी 7:8-13

2 कोरिन्थी 7:8-13 NCV

मैले मेरो पत्रद्वारा तिमीहरूलाई दुःखित पारेको भए तापनि म पछुतो मान्दिनँ। मलाई पछुतो भए तापनि मेरो पत्रले तिमीहरूलाई केही क्षण मात्र चोट पुर्‍याएको देख्छु, तर तिमीहरू दुःखित भएकोमा होइन, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्‍चात्तापमा डोर्‍याएको हुँदा अब म खुशी छु। किनकि तिमीहरू परमेश्‍वरले चाहनुभएकाले नै दुःखी भयौ; त्यसैले तिमीहरूलाई हामीद्वारा केही कुरामा हानि भएन। ईश्‍वरीय दुःखले पश्‍चात्ताप ल्याउँछ, जसले मुक्तितिर डोर्‍याउँछ र पछुतो हुँदैन, तर सांसारिक दुःखले त मृत्यु उत्पन्‍न गराउँछ। हेर, यो ईश्‍वरीय दुःखले तिमीहरूमा के उत्पन्‍न गरायो! कस्तो तत्परता, आफूलाई स्वच्छ राख्ने कस्तो उत्सुकता, कस्तो आक्रोश, कस्तो सावधानी, कस्तो तिर्सना, कस्तो वास्ता, न्याय गरिएको हेर्ने कस्तो तत्परता! तिमीहरूले प्रत्येक विषयमा आफूलाई निर्दोष साबित गरायौ। यसकारण मैले तिमीहरूलाई त्यो पत्र लेखेको भए तापनि तिमीहरूले खराबी वा अत्याचार गर्‍यौ भनेर लेखा लिने जस्तो गरी होइन, न त दोष लगाइएकोलाई झैँ, बरु हामीप्रति तिमीहरूको उत्साह कस्तो छ भनी परमेश्‍वरको सामु आफूले देख्न सक भनेर हो। त्यसैकारण यी सबैबाट हामी उत्साहित बनेका छौँ। हाम्रा आफ्नै उत्साहबाहेक, विशेष गरी तीतस कति आनन्दित थिए, त्यो हेर्न पाउँदा हामी खुशी भएका छौँ; किनकि तिनका आत्मा तिमीहरू सबैद्वारा ताजा भएको थियो।

2 कोरिन्थी 7 पढ्नुहोस्