मेरो पत्रले तिमीहरूलाई कष्ट भयो नै होला, भए पनि मेरो मनमा पश्चात्ताप छैन। म जान्दछु, त्यो पत्रले केही बेरलाई भए पनि तिमीहरूको मनमा पीर पर्यो। यो जानेर मलाई पश्चात्ताप भए तापनि अब म खुसी छु। तिमीहरूलाई कष्ट पर्यो भनेर होइन तर यसले तिमीहरूलाई सुधार्यो भनेर खुसी लागेको हो। परमेश्वरलाई सम्झेर शोक गर्यौ। त्यसो हुँदा हामीबाट तिमीहरूलाई कुनै हानि भएन। परमेश्वरलाई सम्झेर शोक गर्यौं भने यसले हामीमा पश्चात्ताप ल्याउँछ र हामीलाई मुक्तितिर लैजान्छ। तर सांसारिक रूपले मात्र हाम्रो मन दुख्छ भने यसले हामीलाई मृत्युतिर लैजान्छ। तिमीहरूलाई परेको दु:खबाट परमेश्वरले के गर्नुभयो, याद गर, यो दु:खले तिमीहरूलाई साँचो बनायो, कसुर छैन भनी देखाउन हतार गरायो, तिमीहरूलाई कस्तो झोक चलायो, कत्रो चिन्ता, कस्तो विचार, कस्तो भक्ति पैदा गर्यो। तिमीहरूमा पाप गर्नेलाई दण्ड दिने मन पनि भयो। यी सबैबाट तिमीहरूमा दोष छैन भन्ने कुरा थाहा हुन्छ। यसकारण मैले त्यो पत्र अन्याय गर्नको लागि लेखेको होइन, नता अन्याय सहन नै लेखेको हो। तर तिमीहरूले परमेश्वरका अघि हामीलाई कति माया गर्यौ, त्यही देखाउन मैले लेखेको हुँ। त्यसैकारण हामीलाई हौसला मिलेको छ। हामीलाई हौसला मात्र होइन, तिमीहरू सबैबाट तीतसले आनन्द पाएको हुनाले हामीले पनि धेरै आनन्द पाएका छौं।
२ कोरिन्थी 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ कोरिन्थी 7:8-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू