YouVersion लोगो
खोज आइकन

2 कोरिन्थी 5:11-21

2 कोरिन्थी 5:11-21 NCV

तब परमेश्‍वरको भय के हो भनी हामीले जानेका हुनाले, हामी अरूहरूलाई सम्झाउँछौँ। हामी जे छौँ, त्यो परमेश्‍वरलाई थाहा छ, र म आशा गर्छु, तिमीहरूको विवेकमा पनि प्रकट भएकै होला। हामीले फेरि तिमीहरूको सामु आफ्नै तारिफ गर्ने चेष्‍टा गरिरहेका छैनौँ, तर जो जसले हृदयमा भएका कुराहरूमा होइन, तर देखिने कुराहरूमा घमण्ड गर्नेहरूलाई तिमीहरूले जवाफ दिन सक भनेर तिमीहरूलाई हामीमा गर्व गर्ने मौका दिइरहेका छौँ। किनकि हामी बेहोशी छौँ भने परमेश्‍वरकै लागि बेहोशी छौँ; अनि यदि हामी होशमै छौँ भने त्यो तिमीहरूको फाइदाको लागि हो। ख्रीष्‍टको प्रेमले हामीलाई विवश पार्दछ; किनकि हामीलाई यो पक्‍का छ, कि सबैका निम्ति एक जना मर्नुभएको हुनाले सबै जना मरे। उहाँ सबैका निम्ति मर्नुभयो, ताकि बाँच्नेहरू अब आफ्नै लागि होइन, तर उहाँको लागि बाँचून् जो मरेर पुनर्जीवित हुनुभएको छ। यसकारण अब उसो हामी कसैलाई पनि सांसारिक दृष्‍टिकोणले हेर्दैनौँ। एक पल्ट हामीले ख्रीष्‍टलाई पनि यसरी नै हेरेका थियौँ, तर अब त्यसो गर्नेछैनौँ। यसकारण यदि कोही ख्रीष्‍टमा छ भने ऊ नयाँ सृष्‍टि हो। पुराना कुराहरू बितिगएका छन्; अब सबै कुरा नयाँ भएका छन्। यी सबै परमेश्‍वरबाट भएको हो, जसले ख्रीष्‍टद्वारा हामीलाई मिलापमा ल्याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो; अर्थात् ख्रीष्‍टमा हुनुभईकन परमेश्‍वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो। तिनीहरूका पापका हिसाब लिनुभएन, र हामीलाई मिलापको सन्देश सुम्पनुभएको छ। परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभएझैँ हामी ख्रीष्‍टका निम्ति राजदूतहरू हौँ। हामी ख्रीष्‍टको पक्षमा तिमीहरूलाई अनुरोध गर्दछौँ: परमेश्‍वरसित मिलाप गर। हामी ख्रीष्‍टमा परमेश्‍वरको धार्मिकता बन्‍न पाऔँ भनी परमेश्‍वरले पाप नै नगर्नुहुनेलाई हाम्रा निम्ति पाप शुद्धीकरणको बलिदान तुल्याउनुभयो।

2 कोरिन्थी 5 पढ्नुहोस्