YouVersion लोगो
खोज आइकन

2 कोरिन्थी 3:1-6

2 कोरिन्थी 3:1-6 NCV

के हामी फेरि आफ्नै प्रशंसा गर्न थालेका छौँ? अथवा अरू मानिसहरूलाई झैँ हामीलाई पनि तिमीहरूलाई वा तिमीहरूबाट सिफारिस पत्रहरू लैजान आवश्यकता छ? तिमीहरू नै हाम्रा सिफारिस पत्र हौ; जुन हाम्रा हृदयहरूमा लेखिएको छ, र सबै मानिसहरूद्वारा चिनिन्छ र पढिन्छ। तिमीहरूले नै यो देखाउँदछौ, तिमीहरू ख्रीष्‍टका पत्र हौ, हाम्रा सेवाका प्रतिफलहरू हौ। जुन पत्र मसीले होइन, तर जीवित परमेश्‍वरका आत्माले लेखिएको हो, ढुङ्गाका पाटीमा होइन, तर मानवीय हृदयका पाटीहरूमा लेखिएको छ। परमेश्‍वरमा ख्रीष्‍टद्वारा हाम्रो यस्तो भरोसा छ। आफैँले दाबी गर्ने किसिमको कुनै योग्यता हामीमा छैन, तर हाम्रो योग्यताचाहिँ परमेश्‍वरबाट नै आउँछ। उहाँले नै हामीलाई नयाँ करारका सेवकहरूको रूपमा योग्य बनाउनुभएको छ। लिखित नियमको रूपमा होइन, तर आत्माद्वारा; किनकि लिखित अक्षरले मार्छ, तर आत्माले जीवन दिनुहुन्छ।

2 कोरिन्थी 3 पढ्नुहोस्