YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 3:1-6

२ कोरिन्थी 3:1-6 NNRV

के फेरि हामी आफ्‍नै तारीफ गर्न लागेका छौं? के कसै-कसैलाई चाहिएझैँ हामीले तिमीहरूलाई वा तिमीहरूबाट अरूलाई सिफारिश-पत्र देखाउनुपर्छ र? तिमीहरू नै हाम्रा सिफारिश-पत्र हौ, जो सबै मानिसहरूले चिन्‍न र पढ्‌न सक्‍ने गरी तिमीहरूका हृदयमा लेखिएको छ। तिमीहरूले नै देखाउँदछौ, कि तिमीहरू ख्रीष्‍टका पत्र हौ, अर्थात्‌ हाम्रो सेवाको फल, जुन पत्र मसीले होइन, तर जीवित परमेश्‍वरका आत्‍माले लेखिएको हो— ढुङ्गाका पाटीमा होइन, तर मासुका हृदय-पाटीमा। ख्रीष्‍टद्वारा परमेश्‍वरप्रति हाम्रो यस्‍तो भरोसा छ। कुनै पनि कुरा हामीबाट आएको हो भनी दाबी गर्न हामी आफै योग्‍य छैनौं, तर हाम्रो योग्‍यता परमेश्‍वरबाट आउँछ। नयाँ करारका सेवकहरू हुन उहाँले हामीलाई योग्‍यका बनाउनुभयो, लिखित अक्षरमा होइन, तर पवित्र आत्‍मामा। किनभने लिखित अक्षरले त मार्छ, तर पवित्र आत्‍माले जीवन दिनुहुन्‍छ।