हामीले फेरि आफ्नै गुणगान गाउन लागेका होइनौं। अरू कति मानिसहरूले तिमीहरूकहाँ यसैको सिफारिस गरिदिएको पत्र लिएर आउने गरेझैँ हामीले तिमीहरूलाई र तिमीहरूले हामीलाई सिफारिस गर्नुपर्ने खाँचो छैन। सबैले बुझ्न र पढ्न सक्ने तिमीहरू नै हाम्रा हृदयमा लेखिएका हाम्रो सिफारिस पत्रहरू हौ। साँच्चै तिमीहरू ख्रीष्टले लेखेका पत्र हौ र पत्र पुर्याउने हामी नै हौं। ढुङ्गाको पाटीमा वा मसीले लेखिएको पत्र होइन तर जिउँदो परमेश्वरकै आत्माले हृदयमा लेखिएको पत्र हो। ख्रीष्टको दयाले मुक्ति दिएकोले हामी परमेश्वरमा भरोसा राखेर यस्तो कुरा भन्छौं। यो काम गर्न सक्ने खुबी हामीमा छ भन्ने हाम्रो बाटै छैन। हामीले काम गर्ने शक्ति त परमेश्वरबाट नै मिलेको हो। उहाँले एउटा नयाँ करार जोड्नुभयो र हामीलाई यस करारमा काम गर्न लायकका सेवकहरू पनि बनाउनुभयो। योचाहिँ पवित्र आत्माको करार हो, व्यवस्थाले जोडेको करार होइन। व्यवस्थाले मृत्यु ल्याउँछ, तर पवित्र आत्माले त जीवन दिनुहुन्छ।
२ कोरिन्थी 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ कोरिन्थी 3:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू