YouVersion लोगो
खोज आइकन

1 शमूएल 3:1-10

1 शमूएल 3:1-10 NCV

बालक शमूएल एलीको अधीनमा याहवेहको सामु सेवा गर्थे। ती दिनहरूमा याहवेहको वचन दुर्लभ थियो; अनि दर्शनहरू पनि कम पाइन्थ्यो। एक रात एली आफ्नो कोठामा ढल्किरहेका थिए; तिनका आँखा धमिलो भएर राम्ररी देख्न पनि नसक्ने भइसकेका थिए। परमेश्‍वरको बत्ती निभिसकेको पनि थिएन; अनि शमूएलचाहिँ मन्दिरभित्र याहवेहको सन्दुक भएको ठाउँमा ढल्किरहेका थिए। तब याहवेहले शमूएललाई बोलाउनुभयो। शमूएलले जवाफ दिए, “म यहाँ छु।” अनि तिनी एलीकहाँ दौडेर गए र भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” तर एलीले भने, “मैले तँलाई बोलाइनँ; जा गएर सुत्।” यसकारण तिनी गए, र ढल्के। याहवेहले फेरि पनि बोलाउनुभयो, “शमूएल!” अनि शमूएल उठेर एलीकहाँ गएर भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” एलीले भने, “मेरो छोरा, मैले तँलाई बोलाएको होइनँ; जा, गएर सुत्।” तबसम्म शमूएलले याहवेहलाई चिनेकै थिएनन्: याहवेहको वचन तिनलाई अझसम्म प्रकट भएको थिएन। तेस्रो पटक याहवेहले शमूएललाई बोलाउनुभयो, “शमूएल!” अनि शमूएल उठेर एलीकहाँ गएर भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” तब एलीले त्यस केटोलाई याहवेहले बोलाउनुभएको रहेछ भनी थाहा पाए। यसकारण एलीले शमूएललाई भने, “जा, र ढल्किबस; अनि यदि उहाँले तँलाई बोलाउनुभयो भने यसो भन्‍नू, ‘बोल्नुहोस्, याहवेह, किनकि तपाईंको सेवकले सुन्दैछु।’ ” यसकारण शमूएल गए, र आफ्नो ओछ्यानमा ढल्के। याहवेह त्यहाँ आएर उभिनुभयो, र पहिलेजस्तै बोलाउनुभयो, “शमूएल! शमूएल!” तब शमूएलले भने, “बोल्नुहोस्, किनकि तपाईंको सेवकले सुन्दैछु।”

1 शमूएल 3 पढ्नुहोस्