इस्राएलीहरूले आपसमा यसो भनिरहेका थिए, “त्यो मानिस कसरी निस्केर आइरहेको छ देख्दैछौ? त्यो इस्राएलीहरूलाई धम्क्याउन छाउनीबाहिर निस्कन्छ। त्यसलाई मार्ने मानिसलाई राजाले धेरै सम्पत्ति दिनेछन्। त्यसलाई मार्नेलाई राजाले आफ्नो छोरी विवाह गरिदिनेछन्, र त्यसको परिवारले इस्राएलमा करबाट पनि छुट पाउनेछ।” दावीदले आफ्नो छेउमा उभिरहेका मानिसहरूलाई सोधे, “यस पलिश्तीलाई मार्ने र इस्राएलबाट अपमान हटाइदिने मानिसको निम्ति के गरिनेछ? जीवित परमेश्वरको सेनालाई धम्की दिने खतना नभएको यो पलिश्ती को हो र?” तिनीहरूले अगि जे भनिरहेका थिए, त्यही दोहोर्याएर भने, “त्यसलाई मार्ने मानिसका निम्ति यही व्यवहार गरिनेछ।” जब तिनका जेठा दाजु, एलिआबले दावीदलाई मानिसहरूसँग कुरा गरिरहेका सुने, तब तिनी दावीदसँग रिसले आगो भएर सोधे, “तँ यहाँ किन आइस्? अनि तैँले ती थोरै भेडाहरू उजाडस्थानमा कोसँग छोडेर आइस्? मलाई थाहा छ, तँ कति घमण्डी छस्; र तेरो हृदय कति दुष्ट छ। तँ युद्ध हेर्नलाई मात्र यहाँ आएको होस्।” दावीदले भने, “अहिले मैले के गरेको छु र? के मैले बोल्न पनि हुँदैन र?” तब दावीदले अर्कोतिर फर्केर त्यही कुरा गरे, र ती मानिसहरूले तिनलाई पहिलेजस्तै जवाफ दिए।
1 शमूएल 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 शमूएल 17:25-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू