१ शमूएल 17:25-30
१ शमूएल 17:25-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले भने, “हेर त, यो मानिस दिनैपिच्छे आएर इस्राएललाई धम्की दिन्छ। त्यसलाई मार्ने मानिसलाई राजाले प्रचुर इनाम दिनुहुनेछ, आफ्नी छोरी पनि त्यससँग विवाह गरिदिनुहुनेछ अनि त्यसको घरानालाई इस्राएलमा अनिवार्य करबाट मुक्त गरिदिनुहुनेछ।” दाऊदले छेउछाउका मानिसहरूतिर फर्केर भने, “यस पलिश्तीलाई मार्ने र इस्राएलको अपमान हटाउने मानिसलाई के गरिदिने त? जीवित परमेश्वरको सेनालाई तुच्छ भन्ने त्यो खतना नभएको पलिश्तीचाहिँ को हो र?” त्यसलाई मार्ने मानिसलाई के गरिनेछ भनी मानिसहरूले दाऊदलाई दोहोर्याएर बताए। मानिसहरूसँग दाऊद कुरा गरिरहेका तिनका जेठा दाजु एलीआबले सुने, र उनी रीसले चूर भए। उनले दाऊदलाई यसो भनेर सोधे, “तँ यहाँ के गरिरहेछस्? वनमा भएका ती अलिकता भेड़ाहरू हेर्न तैंले कसलाई जिम्मा दिएर आइस्? म तँलाई चिन्दछु, घमण्डी र दुष्ट हृदय भएको। तँ लड़ाइँ हेर्नलाई मात्र आएको होस्!” दाऊदले भने “मैले अहिले के गरेको छु र? मैले बोल्नु पनि नहुने?” उनीबाट एकातिर लागेर तिनी मानिसहरूकहाँ गए, र त्यही प्रश्न दोहोर्याए, र सबैले तिनलाई त्यही जवाफ दिए।
१ शमूएल 17:25-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
इस्राएलीहरूले आपसमा यसो भनिरहेका थिए, “त्यो मानिस कसरी निस्केर आइरहेको छ देख्दैछौ? त्यो इस्राएलीहरूलाई धम्क्याउन छाउनीबाहिर निस्कन्छ। त्यसलाई मार्ने मानिसलाई राजाले धेरै सम्पत्ति दिनेछन्। त्यसलाई मार्नेलाई राजाले आफ्नो छोरी विवाह गरिदिनेछन्, र त्यसको परिवारले इस्राएलमा करबाट पनि छुट पाउनेछ।” दावीदले आफ्नो छेउमा उभिरहेका मानिसहरूलाई सोधे, “यस पलिश्तीलाई मार्ने र इस्राएलबाट अपमान हटाइदिने मानिसको निम्ति के गरिनेछ? जीवित परमेश्वरको सेनालाई धम्की दिने खतना नभएको यो पलिश्ती को हो र?” तिनीहरूले अगि जे भनिरहेका थिए, त्यही दोहोर्याएर भने, “त्यसलाई मार्ने मानिसका निम्ति यही व्यवहार गरिनेछ।” जब तिनका जेठा दाजु, एलिआबले दावीदलाई मानिसहरूसँग कुरा गरिरहेका सुने, तब तिनी दावीदसँग रिसले आगो भएर सोधे, “तँ यहाँ किन आइस्? अनि तैँले ती थोरै भेडाहरू उजाडस्थानमा कोसँग छोडेर आइस्? मलाई थाहा छ, तँ कति घमण्डी छस्; र तेरो हृदय कति दुष्ट छ। तँ युद्ध हेर्नलाई मात्र यहाँ आएको होस्।” दावीदले भने, “अहिले मैले के गरेको छु र? के मैले बोल्न पनि हुँदैन र?” तब दावीदले अर्कोतिर फर्केर त्यही कुरा गरे, र ती मानिसहरूले तिनलाई पहिलेजस्तै जवाफ दिए।
१ शमूएल 17:25-30 पवित्र बाइबल (NERV)
एकजना इस्राएलीले भने, “त्यसलाई देख्यौ त्यसले के गरिरहेछ राम्ररी हेर? त्यो गोल्यत घरि-घरि आएर इस्राएलीहरूलाई यसरी नै गाली गर्छ। जसले यसलाई मार्छ त्यो धेरै धनी हुनेछ। राजा शाऊलले धेरै सम्पत्ति दिनुहुनेछ। शाऊलले उसकी छोरी पनि विवाह गर्न दिनेछन् जसले त्यसलाई मार्न सक्छ। शाऊलले उसको परिवारलाई इस्राएलमा स्वतन्त्र बनाउनेछन्।” दाऊदले छेवैका मानिसलाई सोध्यो, “त्यसले के भन्यो? यदि कसैले यो पलिश्तीलाई मार्छ अनि इस्राएलको इज्जत बचाउँछ भने एउटा विदेशी मात्र त हो, उसले के इनाम पाउनेछ? यो गोल्यत के हो र? गोल्यत एकजना पलिश्ती भन्दा बढी केही होइन। त्यसले यो के सोचिरहेछ? उसले जीवित परमेश्वरका सैनिकहरूलाई धम्काउन सक्छ।” यसैले इस्राएलीहरूले गोल्यतलाई मार्नेको इनामबारे दाऊदलाई बताउँछन्। दाऊदका जेठा दाज्यू एलीआबले दाऊद सैनिकहरूसित बात गर्दै गरेको सुने। एलीआब दाऊदसँग रिसाउँछ। एलीआबले दाऊदलाई भग्ने, “तँ यहाँ किन आइस्? भेंडाहरू मरुभूमिमा कसलाई छोडेर आइस्? तँ यहाँ आउनुको कारण मैले जाने। तँलाई जे गर्न पठाइएको हो त्यो गर्न तँ चाहँदैनस्। तँ यहाँ खालि युद्ध हेर्नलाई मात्र आउन चाहन्थिस्।” दाऊदले भन्यो, “मैले त्यस्तो के गरें र? मैले कुनै नराम्रो काम गरिनँ म खालि कुरा गर्दै थिएँ।” दाऊद चारैतिर दौडिएर अरू सेनाहरूसित त्यही प्रश्नहरू सोध्न थाल्यो। तिनीहरूले पनि दाऊदलाई त्यही पहिले कै जस्तो उत्तर दिए।
१ शमूएल 17:25-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“त्यसलाई हेर न!” तिनीहरूले आपसमा भनाभन गरे, “त्यसको चुनौती सुन! त्यसलाई मार्ने मानिसलाई शाऊल राजाले ठूलो इनाम दिने प्रतिज्ञा गरेका छन्। राजाले आफ्नी छोरी पनि त्यससँग विवाह गर्न दिनेछन् र तिनका बुबाका परिवारले राजाको कर तिर्न पर्नेछैन।” दाऊदले आफ्ना छेउका मानिसहरूलाई सोधे, “यस पलिश्तीलाई मार्ने र इस्राएललाई यस बेइज्जतीबाट छुटाउने मानिसले के पाउनेछ? जिउँदो परमेश्वरको सेनालाई तुच्छ ठान्ने यो कुनचाहिँ बेखतने पलिश्ती हो?” गोल्यतलाई मार्ने मानिससित कस्तो व्यवहार हुनेथियो, त्यो तिनीहरूले तिनलाई भने। दाऊदका जेठा दाजु एलीआबले आफ्नो भाइ त्यसरी मानिसहरूसित बोल्दैगरेको सुने। तिनी दाऊदसित रिसाए र भने, “तँ यहाँ के गर्दै छस्? जङ्गलमा कसले तेरा भेडाहरूको हेरचाहा गर्दै छ? तँ अट्टेरी ठिटो! लडाइँ हेर्ने भइस्!” दाऊदले सोधे, “होइन, मैले के गरेको छु र? मैले एउटा पनि कुरा सोध्नुहुँदैन र?” अर्को मानिसतिर फर्केर तिनले त्यही प्रश्न गरे। जतिपल्ट तिनले सोधे, त्यतिपल्ट त्यही उत्तर पाए।