YouVersion लोगो
खोज आइकन

१ शमूएल 17:25-30

१ शमूएल 17:25-30 सरल नेपाली

“त्‍यसलाई हेर न!” तिनीहरूले आपसमा भनाभन गरे, “त्‍यसको चुनौती सुन! त्‍यसलाई मार्ने मानिसलाई शाऊल राजाले ठूलो इनाम दिने प्रतिज्ञा गरेका छन्। राजाले आफ्‍नी छोरी पनि त्यससँग विवाह गर्न दिनेछन् र तिनका बुबाका परिवारले राजाको कर तिर्न पर्नेछैन।” दाऊदले आफ्‍ना छेउका मानिसहरूलाई सोधे, “यस पलिश्‍तीलाई मार्ने र इस्राएललाई यस बेइज्‍जतीबाट छुटाउने मानिसले के पाउनेछ? जिउँदो परमेश्‍वरको सेनालाई तुच्‍छ ठान्‍ने यो कुनचाहिँ बेखतने पलिश्‍ती हो?” गोल्यतलाई मार्ने मानिससित कस्‍तो व्‍यवहार हुनेथियो, त्‍यो तिनीहरूले तिनलाई भने। दाऊदका जेठा दाजु एलीआबले आफ्‍नो भाइ त्‍यसरी मानिसहरूसित बोल्‍दैगरेको सुने। तिनी दाऊदसित रिसाए र भने, “तँ यहाँ के गर्दै छस्? जङ्गलमा कसले तेरा भेडाहरूको हेरचाहा गर्दै छ? तँ अट्टेरी ठिटो! लडाइँ हेर्ने भइस्!” दाऊदले सोधे, “होइन, मैले के गरेको छु र? मैले एउटा पनि कुरा सोध्‍नुहुँदैन र?” अर्को मानिसतिर फर्केर तिनले त्‍यही प्रश्‍न गरे। जतिपल्‍ट तिनले सोधे, त्‍यतिपल्‍ट त्‍यही उत्तर पाए।

१ शमूएल 17 पढ्नुहोस्