YouVersion लोगो
खोज आइकन

1 पत्रुस 3:8-12

1 पत्रुस 3:8-12 NCV

अन्त्यमा, तिमीहरू सबै एकै मनका होओ, सहानुभूति देखाओ, आपसमा प्रेम गर, टिठालु र नम्र होओ। दुष्‍टताको सट्टा दुष्‍टता नगर, अथवा अपमानको सट्टा अपमान, तर आशीर्वाद देओ; किनकि आशिषको हकदार हुनालाई तिमीहरू यसैको निम्ति बोलाइएका हौ। किनकि पवित्र धर्मशास्त्रमा लेखिएको छ: “जसले जीवनलाई प्रेम गर्न र असल दिन देख्न चाहन्छ, तिनले आफ्ना जिब्रोलाई खराबीबाट र आफ्ना ओठहरूलाई छलका बोलीबाट बचाउनुपर्दछ। तिनले खराबीबाट फर्केर असल गर्नुपर्दछ तिनले शान्तिको खोजी गर्नुपर्दछ, र त्यसलाई पछ्याउनुपर्दछ। किनकि प्रभुका आँखा धर्मीहरूमाथि रहन्छन्; र उहाँका कानहरूले तिनीहरूका प्रार्थनातिर ध्यान दिन्छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ।”

1 पत्रुस 3 पढ्नुहोस्