YouVersion लोगो
खोज आइकन

१ पत्रुस 3:8-12

१ पत्रुस 3:8-12 सरल नेपाली

आखिरमा भन्‍दछु, तिमीहरू सबै एउटै मनको र एकले अर्काको मर्म बुझ्‍ने हुनुपर्छ। दाजुभाइलाई झैँ एक-अर्कालाई माया गर र एक-अर्कासँग दयालु र नम्र बन। कसैले नराम्रो गर्‍यो भने त्‍यसलाई नराम्रो नगर, सराप दिँदा पनि नसराप। तर त्‍यसको साटो आशिष् देओ किनभने परमेश्‍वरले तिमीहरूलाई बोलाउनुहुँदा पनि आशिष् दिन बोलाउनुभएको थियो। धर्मशास्‍त्रले भन्‍छ, “जीवन सुखी राख्‍न चाहनेले र सुखको दिन खोज्‍नेले जिब्रोलाई नराम्रो कुरा बोल्‍न र मुखलाई ढाँट्‍न दिनुहुँदैन।” नराम्रो काम छोडेर उसले राम्रो काम गर्नुपर्छ। पूरा हृदयले मिलाप राख्‍ने काममा लाग्‍नुपर्छ किनभने प्रभुले त आफ्‍ना अघि ठीक हुनेलाई नै हेर्नुहुन्‍छ अनि तिनीहरूको प्रार्थना सधैँ सुन्‍ने गर्नुहुन्‍छ। तर नराम्रो गर्नेलाई पिठ फर्काउनुहुन्‍छ।

१ पत्रुस 3 पढ्नुहोस्