YouVersion लोगो
खोज आइकन

पत्रुसको पहिलो पत्र 3:8-12

पत्रुसको पहिलो पत्र 3:8-12 NERV

यसरी, तिमीहरू सबैले एकसाथ शान्तिसित रहनु पर्छ। तिमीहरूले एक-अर्कालाई बुझ्ने प्रयत्न गर्नुपर्छ। एक-अर्का प्रति दाज्यू-भाइलाई जस्तै प्रेम गर। दयावान अनि बिनम्र बन। मानिसहरूले तिमीहरूलाई नराम्रो गरे तिमीहरूले प्रतिशोधमा नराम्रो कर्म नगर। यदि कसैले तिमीहरूलाई अपमान गरे प्रतिशोधमा उसलाई कुबचन नभन। तर त्यस व्यक्तिलाई आशीर्वाद देऊ भनी परमेश्वरसित प्रार्थना गर, किनभने तिमीहरूलाई आशीर्वाद प्राप्त गर्न आह्वान गरिएको हो। धर्मशास्त्रले भन्छ, “मानिस जसले जीवनप्रति माया गर्न चाहन्छ, अनि असल समयको आनन्द भोग गर्न चाहन्छ, उसले कुवचन बोल्नुबाट जिब्रो जोगाउनु पर्छ र झूटा कुरा गर्नु बन्द गर्नुपर्छ। त्यस व्यक्तिले कुकर्म गर्नु छाड्नुपर्छ अनि असल कार्य गर्नुपर्छ, त्यस व्यक्तिले शान्ति खोज्नु पर्छ, अनि त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ। प्रभुले धार्मिक मानिसहरूलाई हेर्छन् अनि प्रभुले तिनीहरूको प्रार्थना सुन्छन् तर प्रभु ती मानिसहरूको विरुद्ध हुनुहुन्छ, जसले कु-कर्म गर्छ।”