YouVersion लोगो
खोज आइकन

1 पत्रुस 2:1-12

1 पत्रुस 2:1-12 NCV

त्यसकारण सबै घृणा अनि सबै छल, कपट, डाहा र सबै किसिमका निन्दादेखि आफूहरूलाई अलग राख। परमेश्‍वर असल हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ। त्यसैकारणले नयाँ जन्मेका बालकझैं, शुद्ध आत्मिकी दूधको तृष्णा गर; यसरी तिमीहरू आफ्नो मुक्‍तिमा बढ्दै जाओ। जब तिमीहरू मानिसहरूले त्यागेका, तर परमेश्‍वरले छान्‍नुभएको तथा उहाँको निम्ति बहुमूल्य जीवित पत्थरकहाँ आउँदछौ; तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको दृष्‍टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउँदै पवित्र पूजाहारीगिरीको निम्ति जीवित पत्थरहरूझैं आत्मिकी घर बन्दैजाओ। किनकि पवित्र धर्मशास्त्रमा यो लेखिएको छ: “हेर, सियोनमा म पत्थर राख्दैछु, एक चुनिएको र बहुमूल्य मुख्य ढुङ्गो, र उहाँमाथि जसले विश्‍वास गर्छ त्यो कहिल्यै शर्ममा पर्नेछैन।” यसर्थ तिमी विश्‍वास गर्नेका लागि यो पत्थर बहुमूल्य छ; तर विश्‍वास नगर्नेहरूका लागि, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही ढुङ्गो कुनाको मुख्य बन्यो।” र, “यस्तो ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ र यस्तो चट्टान जसले तिनीहरूलाई खसाल्छ।” तिनीहरू लड्छन्; किनकि उनीहरू सन्देशको उलङ्घन गर्छन्, यसैको निम्ति नै उनीहरू नियुक्‍त भएका थिए। तर तिमीहरू चुनिएका मानिसहरू हौ, राजकीय पूजाहारीगिरी, एक पवित्र जाति, परमेश्‍वरको विशेष सम्पत्ति र तिमीहरूले उहाँलाई अर्थात् तिमीहरूलाई अन्धकारबाट आफ्नो अद्भुत ज्योतिमा बोलाउनुहुनेको प्रशंसाको घोषणा गर। एक समय तिमीहरू परमेश्‍वरका मानिस थिएनौ, तर अब तिमीहरू परमेश्‍वरका मानिस भएका छौ; एक समय तिमीहरूले दया पाएका थिएनौ, तर अब तिमीहरूले दया पाएका छौ। हे प्रिय मित्रहरूहो, संसारमा विदेशी र प्रवासीको रूपमा, तिमीहरूका पापमय इच्छादेखि, जसले तिमीहरूको प्राणका विरुद्ध लडाइँ गर्छ, त्यसदेखि अलग बस भनी म निवेदन गर्दछु। गैरयहूदीहरूको बीचमा यस्तो असल जीवन बिताओ, कि उनीहरूले तिमीहरूलाई गलत काम गरेको आरोप लगाए तापनि तिमीहरूका सुकर्म देखून्, र प्रभु हामीकहाँ आउनुहुने दिनमा परमेश्‍वरको महिमा गरून्।

1 पत्रुस 2 पढ्नुहोस्