YouVersion लोगो
खोज आइकन

1 पत्रुस 2

2
1त्यसकारण सबै घृणा अनि सबै छल, कपट, डाहा र सबै किसिमका निन्दादेखि आफूहरूलाई अलग राख। 2-3परमेश्‍वर असल हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ। त्यसैकारणले नयाँ जन्मेका बालकझैं, शुद्ध आत्मिकी दूधको तृष्णा गर; यसरी तिमीहरू आफ्नो मुक्‍तिमा बढ्दै जाओ।
जीवित पत्थर तथा चुनिएका मानिसहरू
4जब तिमीहरू मानिसहरूले त्यागेका, तर परमेश्‍वरले छान्‍नुभएको तथा उहाँको निम्ति बहुमूल्य जीवित पत्थरकहाँ आउँदछौ; 5तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको दृष्‍टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउँदै पवित्र पूजाहारीगिरीको निम्ति जीवित पत्थरहरूझैं आत्मिकी घर बन्दैजाओ। 6किनकि पवित्र धर्मशास्त्रमा यो लेखिएको छ:
“हेर, सियोनमा म पत्थर राख्दैछु,
एक चुनिएको र बहुमूल्य मुख्य ढुङ्गो,
र उहाँमाथि जसले विश्‍वास गर्छ
त्यो कहिल्यै शर्ममा पर्नेछैन।”#2:6 यशै 28:16
7यसर्थ तिमी विश्‍वास गर्नेका लागि यो पत्थर बहुमूल्य छ; तर विश्‍वास नगर्नेहरूका लागि,
“जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे,
त्यही ढुङ्गो कुनाको मुख्य बन्यो।”#2:7 भजन 118:22
8र,
“यस्तो ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ
र यस्तो चट्टान जसले तिनीहरूलाई खसाल्छ।”#2:8 यशै 8:14
तिनीहरू लड्छन्; किनकि उनीहरू सन्देशको उलङ्घन गर्छन्, यसैको निम्ति नै उनीहरू नियुक्‍त भएका थिए।
9तर तिमीहरू चुनिएका मानिसहरू हौ, राजकीय पूजाहारीगिरी, एक पवित्र जाति, परमेश्‍वरको विशेष सम्पत्ति र तिमीहरूले उहाँलाई अर्थात् तिमीहरूलाई अन्धकारबाट आफ्नो अद्भुत ज्योतिमा बोलाउनुहुनेको प्रशंसाको घोषणा गर। 10एक समय तिमीहरू परमेश्‍वरका मानिस थिएनौ, तर अब तिमीहरू परमेश्‍वरका मानिस भएका छौ; एक समय तिमीहरूले दया पाएका थिएनौ, तर अब तिमीहरूले दया पाएका छौ।
गैरयहूदी माझ ईश्‍वरीय जीवन जिउनु
11हे प्रिय मित्रहरूहो, संसारमा विदेशी र प्रवासीको रूपमा, तिमीहरूका पापमय इच्छादेखि, जसले तिमीहरूको प्राणका विरुद्ध लडाइँ गर्छ, त्यसदेखि अलग बस भनी म निवेदन गर्दछु। 12गैरयहूदीहरूको बीचमा यस्तो असल जीवन बिताओ, कि उनीहरूले तिमीहरूलाई गलत काम गरेको आरोप लगाए तापनि तिमीहरूका सुकर्म देखून्, र प्रभु हामीकहाँ आउनुहुने दिनमा परमेश्‍वरको महिमा गरून्।
13प्रभुको निम्ति तिमीहरू आफूलाई सबै मानवीय स्थापित अख्तियारको अधीनमा राख; चाहे सर्वोच्‍च अधिकारको रूपमा राजा हुन्, 14अथवा राज्यपालहरू, जसलाई राजाले खराब काम गर्नेहरूलाई दण्ड दिन र ठीक काम गर्नेहरूलाई इज्जत दिन चुनेका हुन्छन्। 15किनकि परमेश्‍वरको इच्छा यो छ, कि तिमीहरूले असल काम गरेर मूर्ख मानिसहरूको अज्ञानताका कुरालाई चूप गराउनुपर्दछ। 16तिमीहरू स्वतन्त्र मानिसहरू भए तापनि तिमीहरू परमेश्‍वरका सेवकहरू हौ। त्यसैकारणले आफ्नो स्वतन्त्रतालाई दुष्‍टता छोप्ने आवरणको रूपमा प्रयोग नगर। 17सबैलाई उचित आदर देखाओ। विश्‍वासीहरूको समूहलाई प्रेम गर; परमेश्‍वरसँग डराओ, राजालाई आदर गर।
18हे सेवकहरूहो, पूर्ण आदरसाथ आफ्ना मालिकहरूको अधीनतामा बस, असल र समझदार मालिकहरूको मात्र होइन, तर कठोर मालिकहरूको पनि अधीनतामा बस। 19परमेश्‍वरको निम्ति कुनै मानिसले अन्यायपूर्ण कष्‍ट सहन्छ भने त्यो परमेश्‍वरमा प्रशंसनीय हुन्छ; 20तर गल्ती काम गरेको कारण पिटाइ खान्छौ र सहन्छौ भने, यसमा के फाइदा भयो र? तर यदि तिमीले असल काम गरेको कारण कष्‍ट पायौ र भोग्छौ भने, यो परमेश्‍वरको अघि प्रशंसनीय छ। 21यसैको निम्ति तिमीहरू बोलाइएका छौ; किनकि ख्रीष्‍टले तिमीहरूको निम्ति कष्‍ट सहनुभयो, र तिमीहरूको निम्ति एउटा नमुना छोड्नुभयो, अनि तिमीहरूले उहाँको पाइला पछ्याउनुपर्नेछ।
22“उहाँले कुनै पाप गर्नुभएन,
र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।”#2:22 यशै 53:9
23तिनीहरूले उहाँमाथि अपमान गर्दा, उहाँले बदला लिनुभएन। उहाँले दुःख भोग्नुहुँदा, धम्काउनुभएन। यसको सट्टामा, न्यायपूर्ण न्याय परमेश्‍वरकहाँ आफूलाई सुम्पिनुभयो। 24यसरी हामी पापको निम्ति मरौं र धार्मिकताको निम्ति जिऔं भनेर “उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो;” अनि “उहाँको चोटद्वारा तिमीहरू निको भयौ।” 25किनकि “तिमीहरू बरालिएका भेडाजस्तै थियौ,”#2:25 यशै 53:4, 5, 6 तर अब तिमीहरू तिमीहरूका प्राणहरूका गोठालो र संरक्षक ख्रीष्‍टकहाँ फर्केका छौ।

अहिले सेलेक्ट गरिएको:

1 पत्रुस 2: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्