YouVersion लोगो
खोज आइकन

1राजाहरू 5:1-7

1राजाहरू 5:1-7 NCV

जब सोलोमनलाई आफ्ना पिता दावीदको उत्तराधिकारीको रूपमा राजा अभिषेक गरिएको कुरा टायरका राजा हीरामले सुने, तब तिनले सोलोमनकहाँ आफ्ना दूतहरू पठाए। किनकि तिनी सधैँ दावीदसँग मित्रतामा थिए। सोलोमनले हीरामलाई यो सन्देश पठाए: “मेरा पिता दावीदको विरुद्धमा चारैतिरबाट युद्ध भएको कारण, याहवेह आफ्ना परमेश्‍वरको नामका निम्ति उहाँले एउटा मन्दिर बनाउन सक्नुभएन भन्‍ने कुरा त तपाईंलाई थाहै छ। किनकि याहवेहले उहाँका शत्रुहरूलाई आफ्नो अधीनमा नपारेसम्म उहाँले त्यो बनाउन सक्नुभएन। तर अब याहवेह मेरा परमेश्‍वरले मलाई चारैतिरबाट विश्राम दिनुभएको छ। अनि कतै पनि विरोधी अथवा विपत्ति छैन। यसकारण याहवेह मेरा परमेश्‍वरले मेरा पिता दावीदलाई ‘मैले तेरो ठाउँमा, तेरो सिंहासनमा राखेको तेरो छोराले मेरो नामको निम्ति मन्दिर बनाउनेछ’ भन्‍नुभएअनुसार मैले उहाँको निम्ति एउटा मन्दिर बनाउने विचार गरेको छु। “यसकारण मेरा लागि लेबनानका देवदारुको काठ काट्नको निम्ति हुकुम गर्नुहोस्। मेरा मानिसहरूले तपाईंसित काम गर्नेछन्। अनि म तपाईंका मानिसहरूलाई तपाईंले तोक्नुभएको ज्याला दिनेछु। सीदोनीहरूजस्ता रूख ढाल्ने सिपालु मानिस हामीसित छैनन् भनी तपाईंलाई थाहै छ।” जब हीरामले सोलोमनको सन्देश सुने, तब तिनी अति प्रसन्‍न भएर भने, “आज याहवेहको प्रशंसा होस्; किनकि उहाँले यो महान् जातिमाथि शासन गर्न दावीदलाई एउटा बुद्धिमान् छोरा दिनुभएको छ।”

1राजाहरू 5 पढ्नुहोस्