सोलोमन आफ्ना पिताको सट्टामा राजा अभिषिक्त भएका छन् भनी जब टुरोसका राजा हीरामले सुने, तब उनले सोलोमनकहाँ राजदूतहरू पठाए, किनभने उनी सधैँ दाऊदसँग मित्रभावमा बसेका थिए। सोलोमनले हीरामकहाँ यो खबर पठाए: “तपाईंलाई थाहा छ कि मेरा पिता दाऊदको विरुद्धमा चारैतिरबाट लड़ाइँहरू भएकाले, परमप्रभुले उहाँका शत्रुहरूलाई खुट्टामुनि नपारुञ्जेल परमप्रभु उहाँका परमेश्वरका नाउँको निम्ति उहाँले एउटा मन्दिर बनाउन सक्नुभएन। तर अब परमप्रभु मेरा परमेश्वरले मलाई चारैतिर विश्राम दिनुभएको छ, र मेरा विरोधी अथवा विपत्ति छैन। यसकारण मेरा पिता दाऊदलाई परमप्रभुले भन्नुभएबमोजिम परमेश्वरका नाउँको निम्ति एउटा मन्दिर बनाउने मैले निश्चय गरेको छु। परमेश्वरले दाऊदलाई यसो भन्नुभएको थियो, “तेरो छोरो, जसलाई म तेरो सट्टामा सिंहासनमा बसाल्नेछु, त्यसैले नै मेरो नाउँको निम्ति त्यो मन्दिर बनाउनेछ।” “यसकारण मेरो निम्ति लेबनानबाट देवदारुका रूख काट्ने हुकुम दिनुहोस्। मेरा मानिसहरूले तपाईंका मानिसहरूसँग मिलेर काम गर्नेछन्, र तपाईंले जे ज्याला तोक्नुहुन्छ म तपाईंका मानिसहरूलाई दिनेछु। तपाईं जान्नुहुन्छ, सीदोनीहरूजस्तै रूखहरू ढाल्ने सिपालु हाम्रा कुनै मानिस छैन।” जब हीरामले सोलोमनको समाचार सुने, तब उनी अत्यन्तै खुशी भएर भने, “आज परमप्रभुको प्रशंसा होस्, किनकि उहाँले दाऊदलाई यस ठूलो प्रजामाथि शासन गर्नलाई एउटा बुद्धिमान् छोरा दिनुभएको छ।”
१ राजाहरू 5 पढ्नुहोस्
सुन्नुहोस् १ राजाहरू 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजाहरू 5:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू