१ राजाहरू 5:1-7
१ राजाहरू 5:1-7 पवित्र बाइबल (NERV)
हीराम सोरका राजा थिए। हीराम दाऊदका मित्र थिए। यसकारण जब हीरामले दाऊदपछि सुलेमान नयाँ राजा भएको सुने, उनले सुलेमान कहाँ दासहरू पठाए। सुलेमानले राजा हीरामलाई जे भने, यो होः “तपाईंलाई थाहै छ, मेरा पिता दाऊदले चारैतिर धेरै नै युद्ध गर्नु परेको थियो। यस कारण परमप्रभु उहाँको परमेश्वरको सत्कारमा उहाँ एउटा मन्दिर बनाउने योग्य हुनु भएन। राजा दाऊद तब सम्म पर्खिरहे जबसम्म परमप्रभुले उनलाई सबै शत्रुहरू परास्त गर्ने वरदान दिनुभएन। तर अहिले परमप्रभु मेरा परमेश्वरले मेरो देशको चारैतिर मलाई शान्ति दिनुभएकोछ। अब मेरो कोही शत्रु छैनन्। मेरा प्रजाहरू सङ्कटमा छैनन्। “परमप्रभुले मेरा पितासँग एउटा प्रतिज्ञा गर्नु भएको थियो परमप्रभुले भन्नुभयो, ‘तँपछि तेरो छोरालाई राजा बनाउनेछु अनि तेरो छोराले मेरा सत्कारमा एउटा मन्दिर बनाउने छ।’ अब म परमेश्वरको सत्कारमा मन्दिर निर्माण गर्ने योजना गर्दैछु। यसकारण म तपाईंलाई सहयोग गर्ने अनुरोध गर्दछु। तपाईंका मानिसहरू र लबानोन दिनुहोस्। त्यहाँ तिनीहरू मेरा लागि धूपीका रूख काट्ने छन्। मेरा सेवकहरू तपाईंका मानिसहरूसँगै काम गर्नेछन्। आफ्ना मानिसहरूको मरीको रूपमा तपाईंले तोक्नु, भएको रकम म दिनेछु। मलाई तपाईंको सहयोगको खाँचो छ। हाम्रा काठकर्मीहरू सीदोनका काठकर्मीजति सिपालु छैनन्।” जब हीरामले सुलेमानले मागेको कुरा सुने, उनी औधी खुशी भए। राजा हीरामले भने, “यो विशाल राष्ट्रको शासन गर्ने बुद्धिमान छोरा दाऊदलाई दिएकोमा आज म परमप्रभुलाई धन्यवाद दिन्छु!”
१ राजाहरू 5:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सोलोमन आफ्ना पिताको सट्टामा राजा अभिषिक्त भएका छन् भनी जब टुरोसका राजा हीरामले सुने, तब उनले सोलोमनकहाँ राजदूतहरू पठाए, किनभने उनी सधैँ दाऊदसँग मित्रभावमा बसेका थिए। सोलोमनले हीरामकहाँ यो खबर पठाए: “तपाईंलाई थाहा छ कि मेरा पिता दाऊदको विरुद्धमा चारैतिरबाट लड़ाइँहरू भएकाले, परमप्रभुले उहाँका शत्रुहरूलाई खुट्टामुनि नपारुञ्जेल परमप्रभु उहाँका परमेश्वरका नाउँको निम्ति उहाँले एउटा मन्दिर बनाउन सक्नुभएन। तर अब परमप्रभु मेरा परमेश्वरले मलाई चारैतिर विश्राम दिनुभएको छ, र मेरा विरोधी अथवा विपत्ति छैन। यसकारण मेरा पिता दाऊदलाई परमप्रभुले भन्नुभएबमोजिम परमेश्वरका नाउँको निम्ति एउटा मन्दिर बनाउने मैले निश्चय गरेको छु। परमेश्वरले दाऊदलाई यसो भन्नुभएको थियो, “तेरो छोरो, जसलाई म तेरो सट्टामा सिंहासनमा बसाल्नेछु, त्यसैले नै मेरो नाउँको निम्ति त्यो मन्दिर बनाउनेछ।” “यसकारण मेरो निम्ति लेबनानबाट देवदारुका रूख काट्ने हुकुम दिनुहोस्। मेरा मानिसहरूले तपाईंका मानिसहरूसँग मिलेर काम गर्नेछन्, र तपाईंले जे ज्याला तोक्नुहुन्छ म तपाईंका मानिसहरूलाई दिनेछु। तपाईं जान्नुहुन्छ, सीदोनीहरूजस्तै रूखहरू ढाल्ने सिपालु हाम्रा कुनै मानिस छैन।” जब हीरामले सोलोमनको समाचार सुने, तब उनी अत्यन्तै खुशी भएर भने, “आज परमप्रभुको प्रशंसा होस्, किनकि उहाँले दाऊदलाई यस ठूलो प्रजामाथि शासन गर्नलाई एउटा बुद्धिमान् छोरा दिनुभएको छ।”
१ राजाहरू 5:1-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब सोलोमनलाई आफ्ना पिता दावीदको उत्तराधिकारीको रूपमा राजा अभिषेक गरिएको कुरा टायरका राजा हीरामले सुने, तब तिनले सोलोमनकहाँ आफ्ना दूतहरू पठाए। किनकि तिनी सधैँ दावीदसँग मित्रतामा थिए। सोलोमनले हीरामलाई यो सन्देश पठाए: “मेरा पिता दावीदको विरुद्धमा चारैतिरबाट युद्ध भएको कारण, याहवेह आफ्ना परमेश्वरको नामका निम्ति उहाँले एउटा मन्दिर बनाउन सक्नुभएन भन्ने कुरा त तपाईंलाई थाहै छ। किनकि याहवेहले उहाँका शत्रुहरूलाई आफ्नो अधीनमा नपारेसम्म उहाँले त्यो बनाउन सक्नुभएन। तर अब याहवेह मेरा परमेश्वरले मलाई चारैतिरबाट विश्राम दिनुभएको छ। अनि कतै पनि विरोधी अथवा विपत्ति छैन। यसकारण याहवेह मेरा परमेश्वरले मेरा पिता दावीदलाई ‘मैले तेरो ठाउँमा, तेरो सिंहासनमा राखेको तेरो छोराले मेरो नामको निम्ति मन्दिर बनाउनेछ’ भन्नुभएअनुसार मैले उहाँको निम्ति एउटा मन्दिर बनाउने विचार गरेको छु। “यसकारण मेरा लागि लेबनानका देवदारुको काठ काट्नको निम्ति हुकुम गर्नुहोस्। मेरा मानिसहरूले तपाईंसित काम गर्नेछन्। अनि म तपाईंका मानिसहरूलाई तपाईंले तोक्नुभएको ज्याला दिनेछु। सीदोनीहरूजस्ता रूख ढाल्ने सिपालु मानिस हामीसित छैनन् भनी तपाईंलाई थाहै छ।” जब हीरामले सोलोमनको सन्देश सुने, तब तिनी अति प्रसन्न भएर भने, “आज याहवेहको प्रशंसा होस्; किनकि उहाँले यो महान् जातिमाथि शासन गर्न दावीदलाई एउटा बुद्धिमान् छोरा दिनुभएको छ।”
१ राजाहरू 5:1-7 पवित्र बाइबल (NERV)
हीराम सोरका राजा थिए। हीराम दाऊदका मित्र थिए। यसकारण जब हीरामले दाऊदपछि सुलेमान नयाँ राजा भएको सुने, उनले सुलेमान कहाँ दासहरू पठाए। सुलेमानले राजा हीरामलाई जे भने, यो होः “तपाईंलाई थाहै छ, मेरा पिता दाऊदले चारैतिर धेरै नै युद्ध गर्नु परेको थियो। यस कारण परमप्रभु उहाँको परमेश्वरको सत्कारमा उहाँ एउटा मन्दिर बनाउने योग्य हुनु भएन। राजा दाऊद तब सम्म पर्खिरहे जबसम्म परमप्रभुले उनलाई सबै शत्रुहरू परास्त गर्ने वरदान दिनुभएन। तर अहिले परमप्रभु मेरा परमेश्वरले मेरो देशको चारैतिर मलाई शान्ति दिनुभएकोछ। अब मेरो कोही शत्रु छैनन्। मेरा प्रजाहरू सङ्कटमा छैनन्। “परमप्रभुले मेरा पितासँग एउटा प्रतिज्ञा गर्नु भएको थियो परमप्रभुले भन्नुभयो, ‘तँपछि तेरो छोरालाई राजा बनाउनेछु अनि तेरो छोराले मेरा सत्कारमा एउटा मन्दिर बनाउने छ।’ अब म परमेश्वरको सत्कारमा मन्दिर निर्माण गर्ने योजना गर्दैछु। यसकारण म तपाईंलाई सहयोग गर्ने अनुरोध गर्दछु। तपाईंका मानिसहरू र लबानोन दिनुहोस्। त्यहाँ तिनीहरू मेरा लागि धूपीका रूख काट्ने छन्। मेरा सेवकहरू तपाईंका मानिसहरूसँगै काम गर्नेछन्। आफ्ना मानिसहरूको मरीको रूपमा तपाईंले तोक्नु, भएको रकम म दिनेछु। मलाई तपाईंको सहयोगको खाँचो छ। हाम्रा काठकर्मीहरू सीदोनका काठकर्मीजति सिपालु छैनन्।” जब हीरामले सुलेमानले मागेको कुरा सुने, उनी औधी खुशी भए। राजा हीरामले भने, “यो विशाल राष्ट्रको शासन गर्ने बुद्धिमान छोरा दाऊदलाई दिएकोमा आज म परमप्रभुलाई धन्यवाद दिन्छु!”
१ राजाहरू 5:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
टुरोसका राजा हीराम सधैँ दाऊदका मित्र रहेका थिए। आफ्ना पिता दाऊदको स्थानमा सोलोमन राजा भएका छन् भनी सुनेर हीरामले तिनीकहाँ राजदूतहरू पठाए। सोलोमनले हीरामलाई यो खबर पठाए, “आफ्ना चारैतिरका शत्रु-देशहरूसित मेरा पिता दाऊदले लगातार लडाइँ गर्नुपरेको थियो। उहाँलाई आफ्ना सबै शत्रुहरूमाथि परमप्रभुले विजय नदिउञ्जेलसम्म परमेश्वर परमप्रभुको आराधना गर्न उहाँले मन्दिर बनाउन सक्नुभएन भनी तपाईं जान्नुहुन्छ। तर परमप्रभु मेरा परमेश्वरले अहिले मेरो देशका साँध-सिमानाभित्र मलाई शान्ति दिनुभएको छ। मेरो शत्रु छैन र कसैले मलाई हमला गर्ला भन्ने डर छैन। ‘तँपछि तेरो जुन छोरालाई म राजा बनाउनेछु, त्यसले मेरो निम्ति एउटा मन्दिर बनाउनेछ’ भनी परमप्रभुले मेरा पितासित प्रतिज्ञा गर्नुभएको थियो। अब मैले परमप्रभु मेरा परमेश्वरको आराधना गर्न त्यो मन्दिर बनाउने निश्चय गरेको छु। यसकारण मेरो निम्ति देवदारु काट्नलाई तपाईंका मानिसहरूलाई लेबनान पठाइदिनुहोस्। मेरा मानिसहरूले तिनीहरूसित काम गर्नेछन्। तपाईंका मानिसहरूलाई तपाईंले तोकिदिएअनुसार ज्याला दिनेछु। मेरा मानिसहरूले तपाईंका मानिसहरूले जस्तो रूख काट्न जान्दैनन् भनी तपाईं राम्ररी जान्नुहुन्छ।” सोलोमनको खबर पाएर हीराम औधी खुसी भए। तिनले भने, “त्यस महान् जातिको राजा हुनलाई परमप्रभुले दाऊदलाई सोलोमनजस्ता बुद्धिमान् छोरो दिनुभएको लागि उहाँको प्रशंसा गर।”