याहवेहले तिनलाई भन्नुभयो, “तँ आएकै बाटो फर्किजा, र दमस्कसको उजाडस्थानमा जा। तँ त्यहाँ पुगेपछि हजाएललाई अराममाथि राजा अभिषेक गर्। निम्शीका छोरा येहूलाई पनि इस्राएलमाथि राजा अभिषेक गर्; अनि अबेल-महोलाका शापातका छोरा एलीशालाई तँपछि अगमवक्ता हुनलाई अभिषेक गर्। हजाएलको तरवारबाट उम्केको जो कोहीलाई येहूले मार्नेछ; अनि येहूको तरवारबाट उम्कनेलाई एलीशाले मार्नेछ। तरै पनि बालको सामु आफ्ना घुँडा नटेकेका र आफ्ना ओठहरूले त्यसलाई चुम्बन नगरेका सात हजारलाई म इस्राएलमा बचाइराख्छु।” यसकारण एलिया त्यहाँबाट हिँडे, र तिनले शापातका छोरा एलीशालाई खेत जोत्दै गरेको भेटे। त्यहाँ बाह्र हल गोरुहरू थिए; र तिनी आफूले चाहिँ बाह्रौँ हल गोरु जोत्दैथिए। एलिया तिनीकहाँ गए, र आफ्नो खास्टो तिनलाई ओढाइदिए। तब एलीशाले आफ्ना गोरुहरू छोडे, र तिनी एलियाको पछि-पछि दगुरे। तिनले भने, “मलाई मेरा पितालाई चुम्बन गर्न र आमासित बिदा माग्न दिनुहोस्, र म तपाईंसँग आउनेछु।” एलियाले जवाफ दिए, “फर्किएर जाऊ, मैले तिमीलाई के गरेको छु र?” यसकारण एलीशा तिनलाई छोडेर फर्किए। तिनले आफ्नो एक हल गोरुलाई लिएर मारे। तिनले हलोका काठहरू बालेर मासु पकाए; र मानिसहरूलाई ती दिए, र तिनीहरूले खाए। त्यसपछि तिनी एलियालाई पछ्याउन गइहाले, र तिनका सेवक भए।
1राजाहरू 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1राजाहरू 19:15-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू