परमप्रभुले भन्नुभयो, “दमस्कस छेउको उजाड-स्थानमा जा, त्यसपछि सहरभित्र पस् र हजाएललाई अरामका राजा अभिषेक गर्। निम्शीको छोरो येहूलाई इस्राएलका राजा र हाबिल महोलाको शाफातको छोरो एलीशालाई तँपछि अगमवक्ता हुनलाई अभिषेक गर्। हजाएलका हातबाट नमरी उम्कनेलाई येहूले मार्नेछ र येहूका हातबाट उम्कनेलाई एलीशाले मार्नेछ। तापनि सात हजारलाई म इस्राएलमा बचाइराख्छु, ती सबै, जसले बालको सामुन्ने आफ्ना घुँडा टेकेका छैनन् र जसका ओठले त्यसलाई चुम्बन गरेका छैनन्।” एलिया त्यहाँबाट हिंडे र एलीशालाई गोरु लिएर खेत जोतिरहेका भेट्टाए। उनको अगाडि एघार हल गोरु थिए। त्यसपछिको आखिरी हल उनले जोत्दै थिए। एलियाले आफ्नो खास्टो फुकालेर एलीशालाई ओढाइदिए। एलीशा आफ्ना गोरु छोडेर एलियाको पछि दगुरे र भने, “म मेरा माता-पितालाई म्वाइँ खाएर बिदा लिन पाऊँ र म तपाईंसित जानेछु।” एलियाले जवाफ दिए, “ठीक छ, जाऊ, मैले तिमीलाई रोकेको छैनँ।” तब एलीशाले एलियालाई छोडेर गए। उनले आफ्नो एक हल गोरु लिएर मारे। उनले हलोका काठहरू बालेर मासु पकाएर मानिसहरूलाई दिए र तिनीहरूले खाए। त्यसपछि उनी एलियाको पछि लागे र उनको सेवा गर्न थाले।
१ राजा 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजा 19:15-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू