परमप्रभुले तिनलाई भन्नुभयो, “तँ जुन बाटो आएको छस्, त्यही बाटो फर्किगएर दमस्कसको मरुभूमिमा जा। जब तँ त्यहाँ पुग्छस् तब हजाएललाई अरामको राजा अभिषेक गर्। तब निम्शीको छोरो येहूलाई पनि इस्राएलको राजा, र हाबिल-महोलाको शाफातको छोरो एलीशालाई तँपछि आउने अगमवक्ता अभिषेक गर्। हजाएलको तरवारबाट उम्कनेलाई येहूले मार्नेछ, र येहूको तरवारबाट उम्कनेलाई एलीशाले मार्नेछ। तापनि सात हजार जनालाई म इस्राएलमा बचाइराख्छु— ती सबै जसले बालको सामुन्ने आफ्ना घुँड़ा टेकेका छैनन् र जसका ओठले त्यसलाई चुम्बन गरेका छैनन्।” यसैले एलिया त्यहाँबाट गए, र शाफातका छोरा एलीशालाई भेट्टाए। तिनी बाह्र हल गोरुहरूका साथ खेत जोतिरहेका थिए। तिनीचाहिँ तीमध्ये बाह्रौँ हललाई जोतिरहेका थिए। एलियाले गएर आफ्नो खास्टो तिनीमाथि ओढ़ाइदिए। तब एलीशाले आफ्ना गोरुहरू छोड़ेर एलियाको पछिपछि दगुरे, र भने, “कृपा गरी मलाई आफ्ना बुबा र आमालाई चुम्बन गरेर बिदा हुन दिनुहोस्। त्यसपछि म तपाईंको पछि लाग्नेछु।” एलियाले जवाफ दिए, “जाऊ न, मैले तिमीलाई के गरेको छु र?” तब एलीशाले एलियालाई छोड़ेर गए। तिनले आफ्नो एक हल गोरु लिएर मारे। तिनले हलोका काठहरू जलाएर मासु पकाए र मानिसहरूलाई दिए, र तिनीहरूले खाए। त्यसपछि तिनी एलियाको पछि लागे, र तिनका चाकर भए।
१ राजाहरू 19 पढ्नुहोस्
सुन्नुहोस् १ राजाहरू 19
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजाहरू 19:15-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू