तब याहवेहको वचन तिनीकहाँ आयो: “झट्टै सीदोनको सारपतमा जा र त्यहाँ बस्। तँलाई भोजन दिनू भनेर मैले त्यहाँ एउटी विधवालाई आज्ञा दिएको छु।” यसकारण तिनी सारपतमा गए। तिनी त्यस सहरको मूलढोकामा आइपुग्दा त्यहाँ एउटी विधवा दाउरा बटुल्दै थिइन्। तिनले उनलाई बोलाएर सोधे, “कृपया तिमीले मलाई एउटा लोहोटामा अलिकति पानी ल्याइदिन्छौ कि ताकि म पिउन पाऊँ?” ती विधवा पानी लिन जाँदै गर्दा तिनले उनलाई भने, “अनि दया गरी मलाई एक टुक्रा रोटी पनि ल्याइदेऊ।” तिनले जवाफ दिइन्, “जीवित याहवेह तपाईंका परमेश्वरलाई साक्षी राखेर भन्दछु, मसित एउटै रोटी पनि छैन। एउटा भाँडामा एक मुट्ठी पिठो र ढुङ्ग्रोमा अलिकति तेलबाहेक केही छैन। म आफैँ र मेरा छोराका निम्ति खानेकुरा बनाएर खाई मरौँला भनी घरमा लैजान केही दाउरा बटुल्दैछु।” एलियाले उनलाई भने, “नडराऊ, घर गएर तिमीले भनेझैँ गर। तर तिमीसित जे छ, पहिले त्यसबाट मेरा निम्ति एउटा रोटी पकाएर मकहाँ ल्याऊ; अनि त्यसपछि तिमी र तिम्रो छोराका निम्ति केही बनाऊ! किनकि याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘याहवेहले यस देशमा वर्षा नपठाउनुभएसम्म भाँडाको पिठो र ढुङ्ग्रोको तेल रित्तिनेछैन।’ ” अनि तिनी गइन्, र एलियाले तिनलाई भनेझैँ गरिन्। यसरी एलिया र ती स्त्रीका परिवारको निम्ति धेरै दिनका निम्ति भोजन भइरह्यो। किनकि एलियाद्वारा याहवेहले भन्नुभएझैँ भाँडोको पिठो रित्तिएन; न त ढुङ्ग्रोको तेल नै सकियो।
1राजाहरू 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1राजाहरू 17:8-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू