YouVersion लोगो
खोज आइकन

१ राजाहरू 17:8-16

१ राजाहरू 17:8-16 NNRV

तब परमप्रभुको यो वचन तिनीकहाँ आयो: “अब झट्टै सीदोनका सारपतमा गएर त्‍यहाँ बस्‌। तँलाई खुवाउन मैले त्‍यस ठाउँमा एउटी विधवालाई आज्ञा गरेको छु।” यसैले तिनी सारपतमा गए। जब तिनी सारपतको मूल ढोकामा आइपुगे, तब तिनले एउटी विधवालाई दाउरा बटुलिरहेकी देखे। तिनले हपारेर त्‍यसलाई भने, “कृपा गरी एउटा लोहोटामा मलाई अलिकता पानी पिउनलाई ल्‍याइदेऊ।” त्‍यो विधवा पानी ल्‍याउनलाई जाँदाजाँदै तिनले फेरि हपारेर त्‍यसलाई भने, “कृपा गरी एक टुक्रा रोटी मलाई ल्‍याइदेऊ।” त्‍यस विधवाले जवाफ दिई “जीवित परमप्रभु तपाईंका परमेश्‍वरको नाउँमा शपथ खाएर म भन्‍छु, कि भाँड़ामा एक मुट्ठी पीठो र ढुङ्‌ग्रोमा अलिकता तेलबाहेक मसित केही रोटी छैन। म आफै र मेरो छोराको निम्‍ति खानेकुरा बनाएर खाई मर्नलाई घरमा केही झिँजामिजा लानलाई खोज्‍दैछु।” एलियाले त्‍यसलाई भने, “नडराऊ, घर गएर तिमीले भनेझैँ गर। तर पहिले तिमीसित जे छ त्‍यसको एउटा सानो रोटी बनाएर मकहाँ ल्‍याऊ, र त्‍यसपछि तिमी र तिम्रो छोराको निम्‍ति केही बनाऊ। किनकि परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘देशमा परमप्रभुले पानी नपठाउञ्‍जेल भाँड़ाको पीठो सिद्धिनेछैन र ढुङ्‌ग्रोको तेल रित्तिनेछैन’।” त्‍यो विधवा गएर एलियाले भनेझैँ गरी। यसैले एलियाको निम्‍ति र त्‍यो र त्‍यसका परिवारको निम्‍ति दिनहुँ खानेकुरा भयो। किनकि एलियाद्वारा परमप्रभुले भन्‍नुभएझैँ भाँड़ाको पीठो सिद्धिएन, र ढुङ्‌ग्रोको तेल पनि रित्तिएन।