तब परमप्रभुले एलियालाई भन्नुभयो, “सीदोनमा सारपत जाऊ। त्यहीं बस। त्यस ठाउँमा एउटी आइमाई छ जसको पति मरेको छ। मैले उसलाई तिम्रो लागि खाद्य दिनु भनी आदेश दिएको छु।” यसकारण एलिया सारपत गए। उनी शहरको फाटकमा पुगे अनि त्यहाँ एक जना स्त्रीलाई देखे। उसको पति मरेको थियो। आइमाई आगोको निम्ति दाउरा जम्मा गर्दै थिई। एलियाले उसलाई भने, “के तिमी मेरो निम्ति एउटा लोटामा अलि कति पानी ल्याउन सक्छौ म पिउन सकुँ?” जब स्त्री पानी लिन जान लागेकी थिईन, एलियाले भने, “कृपया, मेरो निम्ति केही रोटी पनि ल्याऊ।” स्त्रीले भनिन्, “जीवित परमप्रभु तपाईंको परमेश्वर समक्ष मैले शपथ गरिभन्छु म सित रोटी छैन। म सित भाडाँमा अलिकति पीठो मात्र छ। अनि म सित ढुंग्रोमा अलिकति अंडीरको तेल छ। म यस ठाउँमा आगोको निम्ति केही दाउराका टुक्रा जम्मा गर्न आएकी हुँ। म यसलाई घर लिएर जानेछु अनि हाम्रो निम्ति भोजन पकाउने छु। मेरो छोरा र म यसलाई खाने छौं अनि त्यसपछि भोकले मर्नेछौं।” एलियाले स्त्रीलाई भने, “फिक्री नगर। घर जाऊ अनि तिमीले भने जस्तैं गरेर तिम्रो भोजन पकाऊ। तर पहिला तिमीसँग भएको पीठोबाट सानो रोटी बनाऊ। त्यो रोटी मेरो निम्ति ल्याऊ। त्यसपछि आफ्नो अनि छोराका लागि पकाऊ। परमप्रभु इस्राएलका परमेश्वर भन्नु हुन्छ, ‘त्यो भाँडोको पिठो कहिले रित्तो हुनेछैन। ढुंग्रोको तेल कहिले कमि हुने छैन। परमप्रभुले बर्षा नपठाएको दिनसम्म यो चलि रहने छ।’” यसकारण स्त्री आफ्नो घर गइन्। एलियाले उनलाई जे गर्नु भनेका थिए तिनले त्यसै गरिन्। एलिया, स्त्री र उनको छोराको लागि धेरै दिनको खाद्य थियो। पीठोको भाँडो अनि तेलको ढुंग्रो कहिले रित्तो भएन। यो यस्तो भयो जस्तो परमप्रभुले हुन्छ भन्नुभएको थियो। परमप्रभुले एलिया मार्फत बोल्नु भएको थियो।
राजाहरूक पहिल पुस्तक 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: राजाहरूक पहिल पुस्तक 17:8-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू