दावीद राजाले भने, “पुजारी सादोक, नातान अगमवक्ता र यहोयादाका छोरा बनायाहलाई भित्र बोलाऊ।” जब तिनीहरू राजाको सामु आए, राजाले तिनीहरूलाई भने, “आफ्ना मालिकका सेवकहरूलाई आफूसित लैजाओ, र मेरो छोरा सोलोमनलाई मेरो आफ्नै खच्चरमा चढाएर तल गीहोनमा लैजाओ। त्यहाँ पुजारी सादोक र अगमवक्ता नातानले त्यसलाई इस्राएलमाथि राजा अभिषेक गरून्। तब तुरही फुक र ‘सोलोमन राजा अमर रहून्!’ भनेर कराओ।
1राजाहरू 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1राजाहरू 1:32-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू