१ राजाहरू 1:32-34
१ राजाहरू 1:32-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाऊद राजाले भने, “सादोक पूजाहारी, नातान अगमवक्ता र यहोयादाका छोरा बनायाहलाई भित्र बोलाऊ।” जब तिनीहरू राजाको सामु हाजिर भए, राजाले तिनीहरूलाई भने, “तिमीहरूका प्रभुका सेवकहरूलाई तिमीहरूसँग लैजाओ र मेरो छोरो सोलोमनलाई राजाको खच्चरमा सवार गराएर गीहोनसम्म साथै लैजाओ। त्यहाँ सादोक पूजाहारी र नातान अगमवक्ताले त्यसलाई इस्राएलमाथि राजा अभिषेक गरून्। तुरही बजाओ र यसो भनेर कराओ, “राजा सोलोमन अमर रहोस्।”

१ राजाहरू 1:32-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दावीद राजाले भने, “पुजारी सादोक, नातान अगमवक्ता र यहोयादाका छोरा बनायाहलाई भित्र बोलाऊ।” जब तिनीहरू राजाको सामु आए, राजाले तिनीहरूलाई भने, “आफ्ना मालिकका सेवकहरूलाई आफूसित लैजाओ, र मेरो छोरा सोलोमनलाई मेरो आफ्नै खच्चरमा चढाएर तल गीहोनमा लैजाओ। त्यहाँ पुजारी सादोक र अगमवक्ता नातानले त्यसलाई इस्राएलमाथि राजा अभिषेक गरून्। तब तुरही फुक र ‘सोलोमन राजा अमर रहून्!’ भनेर कराओ।
१ राजाहरू 1:32-34 पवित्र बाइबल (NERV)
तब राजा दाऊदले भने, “पूजाहारी सादोक, अगमवक्ता नातान अनि यहोयादाका छोरा बनायाहलाई यहाँ बोलाई देऊ।” यसकारण तीन जना व्यक्तिहरू राजासँग भेट गर्न आए। तब राजाले उनीहरूलाई भने, “तिमीहरूसँग मेरा अधिकारीहरूलाई लिएर जाऊ। मेरो छोरा सुलेमानलाई आफ्नो खच्चडमा सवार गराऊ। उसलाई गीहोन स्रोतसम्म लिएर जाऊ। त्यस ठाउँमा पूजाहारी सादोक अनि अगमवक्ता नातानले उसलाई इस्राएलको नयाँ राजाको रूपमा अभिषेक गर्नेछन्। तुरही बजाऊ अनि घोषणा गर, ‘यिनी नयाँ राजा, सुलेमान हुन्!’
१ राजाहरू 1:32-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब दाऊद राजाले सादोक, नातान र बनायाहलाई बोलाए। तिनीहरू आएपछि राजाले तिनीहरूलाई भने, “मेरा दरबारिया भारदारहरूलाई साथमा लिएर जाऊ। मेरो छोरो सोलोमन मेरै खच्चरमा चढोस् र त्यसलाई गीहोन खोलासम्म लैजाऊ। त्यहाँ सादोक र नातानले त्यसलाई इस्राएलका राजा बनाई अभिषेक गर्नू। त्यसपछि तुरही फुकेर ‘सोलोमन राजा दीर्घायु होऊन्!’ भनी सोर उचालेर कराउनू।