YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 15:29-34

1 कोरिन्थी 15:29-34 NCV

यदि पुनरुत्थान नहुने भए, मरेकाहरूका निम्ति बप्‍तिस्मा लिनुको के आवश्यकता हुनेछ? यदि मरेकाहरू पुनर्जीवित हुँदै नहुने भए, किन मानिसहरूले तिनीहरूका लागि बप्‍तिस्मा लिन्छन्? अनि हाम्रो विषयमा, हामीले आफूलाई हर घडी किन जोखिममा पार्छौँ? म दिनहुँ मृत्युको सामना गर्छु—हो, मेरो भनाइको अर्थ, हाम्रा प्रभु ख्रीष्‍ट येशूमा म तिमीहरूको कारण गर्व गर्दछु। यदि मानवीय दृष्‍टिकोणले मात्र मैले एफिससमा जङ्गली जनावरहरूसँग जस्तै मानिसहरूसँग लडाइँ गरेको हुन्थेँ भने मलाई लाभ हुन्थ्यो र? यदि मरेकाहरू पुनर्जीवित नहुने भए, “हामी खाऔँ र पिऔँ, किनकि भोलि त हामी मरिहाल्छौँ।” भ्रममा नपर: “खराब सङ्गतले असल चरित्रलाई नष्‍ट पार्छ।” होशमा आओ, पाप गर्न छोड। म यो तिमीहरूलाई शर्ममा पार्नलाई भन्दैछु; किनकि तिमीहरूमध्ये कतिले त परमेश्‍वरलाई चिनेका छैनौ।

1 कोरिन्थी 15 पढ्नुहोस्