फेरि नबिउँतने भए मर्नेको लागि बप्तिस्मा लिने मानिसहरूलाई के फाइदा भयो? यदि मरेकाहरू बिउँतदैनन् भने किन तिनीहरूलाई त्यसको लागि बप्तिस्मा दिइयो? म पनि किन घरीघरी खतरामा पर्नु? भाइहरू, तिमीहरू र प्रभु येशू ख्रीष्टमा भएको मेरो घमण्डले म यो भन्न सक्छु ‘म प्रतिदिन मर्दछु’। मान्छेकै भनाइमा ‘मैले एफिससका जङ्गली जनावरसँग लडाइँ गरें भन्दा मलाई के फाइदा भयो? मरेको मानिस बिउँतदैन भने मानिसले भनेझैँ ‘खाऔं, पिऔं, मज्जा गरौं भोलि त मरिहालिन्छ।’ धोखामा नबस। खराब संगतले असल मानिस पनि बिग्रन्छ। होशमा आओ। पाप गर्न छोड। तिमीहरूका लागि लाजको कुरा हो, तर म भन्छु तिमीहरूमध्ये कतिले परमेश्वरलाई चिनेका छैनौ।
१ कोरिन्थी 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 15:29-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू