YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 15:29-34

१ कोरिन्थी 15:29-34 NNRV

नत्रता मृतकहरूका निम्‍ति बप्‍तिस्‍मा लिएको अर्थ के भयो? मृतकहरू जीवित नपारिने भए ता तिनीहरूका निम्‍ति मानिसहरूले किन बप्‍तिस्‍मा लिन्‍छन्? मचाहिँ किन हरघड़ी जोखिममा परिरहेको छु। भाइ हो, हाम्रा प्रभु येशूमा तिमीहरूको कारण म गर्व गर्दछु, र म भन्‍न सक्‍तछु, कि प्रतिदिन म मर्दछु। मान्‍छेकै कुरा गर्नु हो भने, एफिससमा जङ्गली जनावरसँग मेरो लड़ाइँले मलाई के फाइदा भयो र? मृतकहरू जीवित नहुने भए ता, “हामी खाऔं र पिऔं, किनभने भोलि त हामी मरिहाल्‍छौं!” भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्‍ट पार्छ। होशमा होओ, अब उप्रान्‍त पाप नगर। किनकि कतिलाई त परमेश्‍वरको ज्ञानै छैन। तिमीहरूलाई लज्‍जित तुल्‍याउनलाई मैले यो भनेको हुँ।