YouVersion लोगो
खोज आइकन

कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 15:29-34

कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 15:29-34 NERV

एक पल्ट मरिसकेका मानिसहरूलाई बौराइँदैन भने मरेकाहरूका निम्ति बप्तिस्मा लिनहरूले के गर्छन्? यदि मरेकाहरू फेरि बौरँदैनन् भने तिनीहरूको निम्ति बप्तिस्मा किन लिइन्छ? अनि हाम्रो चाँहि के हुन्छ त? हामी आफूले आफैंलाई किन प्रत्येक घण्टा आपतमा पार्दछौं? म हरेक दिन मर्छु। यो साँच्चो हो, मेरा भाइहरू हो। यो त्यही प्रकारले साँच्चो हो जति ख्रीष्ट येशू हाम्रा प्रभुमा तिमीहरू भएकोमा म गर्व गर्दछु। यदि खाली मानवताको कारणले मैले एफिससमा जङ्गली जानवरसित लडाइँ गरें भने मेलै के लाभ पाएँ। यदि मानिसहरूलाई मृत्युबाट बौराइँदैन भने “खाऊँ, पिऊँ किनकि भोलि हामी मर्छौं।” भ्रममा नपरः “खराब सँगतले असल बानी नष्ट गर्छ।” उचित बिचारमा आऊ र पाप गर्न छोड। तिमीहरूमा कतिले परमेश्वरलाई जान्दैनौ। तिमीहरूलाई शरममा पार्नु म यसो भन्छु।