YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 13:4-13

1 कोरिन्थी 13:4-13 NCV

प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ। प्रेमले डाह गर्दैन, प्रेमले शेखी गर्दैन, प्रेमले घमण्ड गर्दैन। प्रेमले अरूलाई अनादर गर्दैन, प्रेम स्वार्थी हुँदैन, प्रेमले चाँडै रिस गर्दैन, प्रेमले खराबीको हिसाब राख्दैन। प्रेम दुष्‍टतामा खुशी हुँदैन, तर सत्यतासँग रमाउँछ। प्रेमले सधैं रक्षा गर्छ, सधैं भरोसा गर्छ, सधैं आशा राख्छ र सधैं स्थिर रहन्छ। प्रेमको अन्त कहिल्यै हुँदैन। तर चाहे अगमवाणीहरू होऊन्, ती हटाइनेछन्; चाहे भाषाहरू होऊन्, ती अन्त्य हुनेछन्; चाहे ज्ञान होस्, त्यो हटाइनेछ किनकि हाम्रो ज्ञान आंशिक र अधूरो छ, अनि हाम्रो अगमवाणी अधूरो हुन्छ। तर जब पूर्णता आउँछ, आंशिक कुराहरू हटाइनेछन्। जब म बालक थिएँ, म बालकले जस्तो बोल्थें, म बालकले जस्तो सोच्थें, र बालकले जस्तै तर्क गर्थें। तर जब म जवान भएँ, मैले बालकका जस्ता व्यवहार छोडिदिएँ। अहिले त हामीले ऐनामा धमिलोसँग देख्छौं, तर त्यस बेला त आमनेसामने देख्नेछौं। अहिले म आंशिक रूपमा जान्दछु, तर त्यस बेला त पूर्ण रूपले जान्‍नेछु, जसरी अहिले मलाई परमेश्‍वरले पूर्ण रूपले जान्‍नुहुन्छ। अनि अब यी तीन कुराहरू रहन्छन्: विश्‍वास, आशा र प्रेम; तर यी तीनमध्ये प्रेम नै सर्वोत्तम हो।

1 कोरिन्थी 13 पढ्नुहोस्

1 कोरिन्थी 13:4-13 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति