YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 13:4-13

१ कोरिन्थी 13:4-13 सरल नेपाली

प्रेममा शान्‍ति हुन्‍छ र दया गर्छ, प्रेमले अझ रिस गर्दैन, घमण्‍ड गर्दैन अनि आफूलाई ठूलो सम्‍झिदैन। प्रेम खराब चालमा चल्‍दैन, आफ्‍नो उन्‍नति खोज्‍दैन, झर्कंदैन, नराम्रा कुराको ख्‍यालै गर्दैन। प्रेम अन्‍यायमा खुसी हुँदैन, तर सत्‍यमा रमाउँछ। प्रेमले सबै कुरा सहन्‍छ, सबै कुरामा विश्‍वास राख्‍तछ, सबै कुरामा राम्रो आशा राख्‍तछ अनि सबै कुरा खप्‍छ। प्रेमले कहिले हार खाँदैन। अगमवाणीहरू टुङ्गिनेछन्, भाषाका वरदानहरू बन्‍द हुनेछन् अनि ज्ञानको वचन पनि अन्‍त हुनेछ। हाम्रो ज्ञान अपूरो छ, परमेश्‍वरको तर्फबाट बोल्‍ने हाम्रो वरदान अपूरो छ। तर जब पूराचाहिँ आउँछ, अपूरो हराएर जान्‍छ। म बालक हुँदा बालकले जस्‍तै बोल्‍थें, बालकले जस्‍तै बुझ्‍थें र बालकले जस्‍तै सोच्‍थें। अहिले म पाको भएको छु र बालकको कुरासँग वास्‍ता राख्‍तिनँ। अहिले हामी धमिलो ऐनामा देखेजस्‍तै मात्र देख्‍तछौं, छर्लङ्गै देख्‍तैनौं, तर त्‍यस बेलाचाहिँ आमने-सामने नै देख्‍नेछौं। अहिले म पूरा जान्‍दिनँ, तर त्‍यस बेलाचाहिँ परमेश्‍वरले मेरो बारेमा सबै कुरा पूरै जान्‍नुभएझैँ म पनि जान्‍नेछु। तर यी तीन कुराचाहिँ सधैँ रहनेछन्– विश्‍वास, आशा र प्रेम। तिनीहरूमा सबैभन्दा ठूलो प्रेम नै हो।

१ कोरिन्थी 13 पढ्नुहोस्

१ कोरिन्थी 13:4-13 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति