YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 10:23-31

1 कोरिन्थी 10:23-31 NCV

सबै थोकहरू उचित छन्, तर सबै थोकहरू लाभदायक हुँदैनन्। सबै थोकहरू उचित छन्; तर सबै थोकहरूले आत्मिकी उन्‍नति गराउँदैनन्। तिमीहरू कसैले पनि आफ्नै भलाइ नखोज, तर अरूको भलाइ खोज। मासुको पसलमा जे बेचिन्छ, त्यो विवेकको खातिर नसोधीकन खाओ, किनकि, “पृथ्वी र यसमा भएका सबै कुराहरू प्रभुकै हुन्।” यदि कुनै अविश्‍वासीले तिमीहरूलाई भोजनको लागि निम्तो दियो भने, अनि तिमीहरूले जाने चाहना गर्‍यौ भने, तिमीहरूको अघि जे कुराहरू राखिदिन्छ, त्यो विवेकको खातिर केही नसोधीकन खाओ। तर यदि कसैले तिमीहरूलाई “यो त बलिदानमा चढाएको चीज हो,” भनिदियो भने त्यो भन्‍ने मानिसको खातिर र दुवैको विवेक खातिर त्यो नखाओ। मैले अर्को मानिसको विवेकको खातिर भन्‍न खोजेको हो, तिम्रो विवेकको खातिर होइनँ। किनकि मेरो स्वतन्त्रतालाई अरूको विवेकद्वारा किन न्याय गराउने? यदि मैले धन्यवाद दिएर भोजनमा सामेल हुन्छु भने, जुन कुराका लागि मैले परमेश्‍वरलाई धन्यवाद चढाउँछु, तब त्यस कुराको लागि मेरो निन्दा किन गरिन्छ? यसकारण चाहे तिमीहरू खाओ वा पिओ अथवा जेसुकै गर, सबै कुरा परमेश्‍वरको महिमाको निम्ति गर।

1 कोरिन्थी 10 पढ्नुहोस्