दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको नाममा आग्रहपूर्वक बिन्ती गर्दछु, तिमीहरू एक-अर्काका कुरामा सहमत होओ, र तिमीहरूका बीचमा कुनै फाटो नहोस्; तर तिमीहरू एउटै मन र एउटै विचारमा पूर्ण रूपमा एक होओ। मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, क्लोएका घरानाबाट कसैले मलाई खबर दिएको छ कि, तिमीहरूका बीचमा झैझगडा छ। मैले भन्न चाहेको कुरा यो हो, तिमीहरूमध्ये कसैले, “म पावलको हुँ” अर्कोले “म अपोल्लोसको हुँ” अनि अर्कोले, “म पत्रुसको हुँ” अझ अर्कोले चाहिँ, “म ख्रीष्टको हुँ” भन्छौ रे। के ख्रीष्ट विभाजित हुनुभएको छ र? के पावल तिमीहरूका लागि क्रूसमा टाँगिएको थियो र? के तिमीहरूले पावलको नाममा बप्तिस्मा लिएका थियौ र? म परमेश्वरलाई धन्यवाद दिन्छु, किनकि मैले तिमीहरूमध्ये क्रिस्पस र गायसलाई बाहेक अरू कसैलाई पनि बप्तिस्मा दिइनँ। यसकारण तिमीहरू कसैले पनि मेरो नाममा बप्तिस्मा लिएको हो भनी भन्न सक्दैनौ। हो, मैले स्तिफनसको परिवारलाई चाहिँ बप्तिस्मा दिएको हुँ, त्यसबाहेक अरू कसैलाई पनि मैले बप्तिस्मा दिएको मलाई थाहा छैन। किनकि ख्रीष्टले मलाई बप्तिस्मा दिनलाई होइन, तर सुसमाचार प्रचार गर्नलाई पठाउनुभएको हो, जुनचाहिँ मानवीय बुद्धिका शब्दहरूमा होइन, नत्रता ख्रीष्टको क्रूसको शक्ति व्यर्थ हुनेछ।
1 कोरिन्थी 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 कोरिन्थी 1:10-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू