YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 1:10-17

१ कोरिन्थी 1:10-17 सरल नेपाली

प्रभु येशू ख्रीष्‍टको नाउँमा म तिमीहरूलाई बिन्‍ती गर्दछु, तिमीहरू एक होओ, तिमीहरूका बीचमा फाटो नहोस् र एकै मनको र एउटै उद्देश्‍यमा लाग्‍ने होओ किनभने मैले केही कुरा तिमीहरूको बारेमा क्‍लोएको घरानाबाट सुनेको छु कि तिमीहरूका बीचमा झगडा छ रे। मैले सुनेको कुरो यो हो कि तिमीहरू कोही ‘म पावलको हुँ’ त्‍यस्‍तै ‘कोही अपोल्‍लोसको’ कोही ‘पत्रुसको’ अनि कोही ‘ख्रीष्‍टको हुँ’ भन्‍छौ रे। के ख्रीष्‍ट टुक्रिनुभएको छ? के पावल तिमीहरूका लागि क्रूसमा बलि भएको थियो? के तिमीहरूले पावलको नाउँमा बप्‍तिस्‍मा लियौ? परमेश्‍वरलाई धन्‍यवाद होस्, क्रिस्‍पस र गायसबाहेक अरू कसैलाई मैले बप्‍तिस्‍मा दिइनँ। त्‍यसो हुँदा मैले आफ्‍नो चेला बनाउन तिमीहरू कसैलाई पनि बप्‍तिस्‍मा दिएँ भनी कसैले भन्‍न सक्‍दैन। हो, मैले स्‍तिफनसका घरानालाई पनि बप्‍तिस्‍मा दिएँ। यसबाहेक मैले कसैलाई बप्‍तिस्‍मा दिएको थाहा छैनँ। ख्रीष्‍टले मलाई बप्‍तिस्‍मा दिन होइन, सुसमाचार प्रचार गर्न खटाउनुभएको हो। प्रचारमा मैले बोलीको बठ्याइँ चलाइनँ, नत्रता क्रूसमा भएको ख्रीष्‍टको बलिदानको शक्ति नै व्‍यर्थ हुनेथियो।

१ कोरिन्थी 1 पढ्नुहोस्