1 इतिहास 24
24
पुजारीहरूका दलहरू
1हारूनका सन्तानका दलहरू यिनै थिए:
हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए। 2तर नादाब र अबीहूचाहिँ तिनीहरूका पिताभन्दा पहिले मरेर गए, र तिनीहरूका छोराहरू थिएनन्। यसकारण एलाजार र ईतामारले पुजारी भएर सेवा गरे। 3एलाजारको सन्तान सादोक र ईतामारको सन्तान अहीमेलेकको सहायतामा, दावीदले तिनीहरूको निम्ति तोकिएको सेवाको नियमअनुसार तिनीहरूलाई दलहरूमा विभाजन गरिदिए। 4ईतामारका सन्तानहरूमा भन्दा एलाजारका सन्तानहरूमा धेरै संख्यामा अगुवाहरू पाइए। अनि तिनीहरूको संख्याअनुसार नै विभाजन गरिए: एलाजारका सन्तानबाट परिवारहरूका सोह्र जना अगुवाहरू र ईतामारका सन्तानबाट परिवारहरूका आठ जना अगुवाहरू थिए। 5दावीद, सादोक र अहीमेलेकले उनीहरूलाई पक्षपात नगरी चिट्ठा हालेर भाग गरे; किनकि एलाजार र ईतामार दुवैका सन्तानहरूसँग पवित्रस्थानमा सेवा गर्न योग्य अधिकृतहरू र परमेश्वरका अधिकृतहरू थिए।
6लेवी नथनिएलका छोरा शास्त्री शमायाहले राजा र अधिकृतहरू: पुजारी सादोक, अबीयाथारका छोरा अहीमेलेक र पुजारीहरू र लेवीहरूका परिवारका अगुवाहरूको उपस्थितिमा तिनीहरूका नामहरू दर्ता गरे। एउटा घराना एलाजारबाट र एउटा घराना ईतामारबाट गोला हालेर छानियो।
7पहिलो चिट्ठा यहोयारीबको नाममा आयो,
दोस्रो यदायाहको नाममा,
8तेस्रो हारीमको नाममा,
चौथो सोरीमको नाममा,
9पाँचौँ मल्कियाहको नाममा,
छैटौँ मिय्यामीनको नाममा,
10सातौँ हक्कोसको नाममा,
आठौँ अबीयाहको नाममा,
11नवौँ येशूअको नाममा,
दसौँ शकन्याहको नाममा,
12एघाह्रौ एल्यासीबको नाममा,
बाह्रौँ याकीमको नाममा,
13तेह्रौँ हूप्पाको नाममा,
चौधौँ येशेबाबको नाममा,
14पन्ध्रौँ बिल्गाको नाममा,
सोह्रौँ इम्मेरको नाममा,
15सत्रौँ हेजीरको नाममा,
अठारौँ हप्पिसेसको नाममा,
16उन्नाइसौँ पतहयाहको नाममा,
बीसौँ यहेजकेलको नाममा,
17एक्काइसौँ याकीनको नाममा,
बाइसौँ गामूलको नाममा,
18तेईसौँ दलायाहको नाममा,
चौबीसौँ मज्याहको नाममा निस्क्यो।
19याहवेह इस्राएलका परमेश्वरले, तिनीहरूका पुर्खा हारूनलाई आज्ञा दिएबमोजिम, हारूनले तिनीहरूका निम्ति तोकिदिएका नियमअनुसार याहवेहको मन्दिरमा सेवाको निम्ति प्रवेश गर्दा तिनीहरूको निम्ति तोकिएको क्रम यही थियो।
बाँकी रहेका लेवीहरू
20लेवीहरूका बाँकी रहेका सन्तानहरूका निम्ति चाहिँ:
अम्रामका छोराहरूबाट: शूबाएल;
शूबाएलका छोराहरूबाट: येहेदियाह,
21रहब्याहको बारेमा, तिनका छोराहरूबाट: जेठा यिश्शिय्याह।
22यिसहारबाट: शलामोत;
शलोमोतका छोराहरूबाट: यहत।
23हेब्रोनका छोराहरू:
जेठो यरियाह,#24:23 केही प्राचीन पा.लि.हरूमा यरियाहका छोराहरू माहिलो अमर्याह, साहिँलो यहजीएल र कान्छो यकमाम।
24उज्जीएलका छोरा: मीका;
मीकाका छोराहरूबाट: शामीर।
25यिशियाहका छोराहरूबाट: जकरिया।
26मरारीका छोराहरू: महली र मूशी।
यजियाहबाट: बनो;
27मरारीका छोराहरू, यजियाहबाट:
बनो, शोहम, जक्कूर र इब्री।
28महलीबाट: एलाजार जसका छोरा थिएन।
29कीशबाट: कीशका छोरा यरहमेल।
30अनि मूशीका छोराहरू: महली, एदेर र यरीमोत।
तिनीहरूका परिवारअनुसार लेवीहरू यिनै थिए।
31तिनीहरूका दाजुभाइहरू र हारूनका सन्तानहरूले गरेझैँ तिनीहरूले दावीद राजाको उपस्थितिमा र सादोक, अहीमेलेक र पुजारीहरू र लेवीहरूका परिवारहरूका अगुवाहरूको उपस्थितिमा चिट्ठा हाले। परिवारको सबैभन्दा जेठो दाजु होस् वा सबैभन्दा सानो भाइ होस्, उमेर र पदको ख्याल नराखी समान व्यवहार गरियो।
अहिले सेलेक्ट गरिएको:
1 इतिहास 24: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.