YouVersion लोगो
खोज आइकन

1 इतिहास 25

25
सङ्गीतकारहरू
1दावीद र सेनापतिहरूले मिलेर आसाप, हेमान र यदूतूनका केही छोराहरूलाई सारङ्गी, वीणा र झ्यालीहरू बजाउँदै अगमवाणीको सेवाका निम्ति अलग गरे। अगमवाणीको सेवा गर्ने मानिसहरूको सूची यही हो:
2आसापका छोराहरूबाट:
जक्‍कूर, योसेफ, नतन्याह र असारेला। आसापका यी छोराहरू आसापको निर्देशनमा काम गर्थे। आसापले चाहिँ राजाको निर्देशनमा अगमवाणी गर्थे।
3यदूतूनका छोराहरूबाट:
गदल्याह, सेरी, यशयाह, शिमी, हशब्याह र मत्तीत्याह, जम्मा छ जना। यिनीहरू आफ्ना पिता यदूतूनका निर्देशनमा काम गर्थे, जसले याहवेहलाई धन्यवाद र प्रशंसा गर्दा वीणा बजाउँदै अगमवाणी गर्थे।
4हेमानका छोराहरूबाट:
बुक्‍कियाह, मत्तन्याह, उज्जीएल, शूबाएल र यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती र रोमम्ती-एजेर, योशब्काशा, मल्‍लोती, होतीर र महजीओत। 5(यी सबै राजाका दर्शी हेमानका छोराहरू थिए। यिनीहरूचाहिँ उनलाई उच्‍च तुल्याउनका निम्ति परमेश्‍वरको प्रतिज्ञाअनुसार दिइएको थियो। परमेश्‍वरले हेमानलाई चौध जना छोरा र तीन जना छोरी दिनुभयो।)
6यिनीहरू सबै याहवेहको भवनमा सङ्गीतका लागि आफ्ना पिताको निर्देशनमा काम गर्थे। तिनीहरूले झ्याली, सारङ्गी र वीणाको साथमा परमेश्‍वरको भवनमा सेवा गर्थे।
आसाप, यदूतून र हेमानचाहिँ राजाको निर्देशनमा काम गर्थे। 7तिनीहरूका आफन्तहरूका साथै तिनीहरू सबै याहवेहको निम्ति सङ्गीतमा तालिम पाएका र निपूर्ण थिए। तिनीहरूको संख्या 288 थियो। 8जवान वा वृद्ध, शिक्षक वा विद्यार्थी तिनीहरूले आ-आफ्नो जिम्मेवारीको निम्ति चिट्ठा हाले।
9पहिलो चिट्ठाचाहिँ आसापको निम्ति थियो, र त्यो योसेफलाई पर्‍यो,
तिनका छोराहरू र आफन्तहरूका#25:9 केही प्राचीन पा.लि.हरूमा तिनका छोराहरू र आफन्तहरू भनेर लेखिएको पाइँदैन। नाममा—जम्मा 12 जना,
दोस्रोचाहिँ गदल्याहलाई,
तिनका आफन्तहरू र छोराहरूका नाममा—जम्मा 12 जना,
10तेस्रोचाहिँ जक्‍कूरलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
11चौथो यिस्रीलाई,#25:11 अर्को नाम जेरी
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
12पाँचौँ नतन्याहलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
13छैटौँ बुक्‍कियाहलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
14सातौँ यसरेलालाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
15आठौँ यशयाहलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
16नवौँ मत्तन्याह,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
17दसौँ शिमीलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
18एघाह्रौ अज्रेललाई,#25:18 अर्को नाम उज्जीएल
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
19बाह्रौँ हशब्याहलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
20तेह्रौँ शूबाएललाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
21चौधौँ मत्तीत्याहलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
22पन्ध्रौँ यरेमोतलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
23सोह्रौँ हनन्याहलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
24सत्रौँ योशब्काशालाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
25अठारौँ हनानीलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
26उन्‍नाइसौँ मल्‍लोतीलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
27बीसौँ एलियातालाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
28एक्‍काइसौँ होतीरलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
29बाइसौँ गिद्दलतीलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
30तेईसौँ महजीओतलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
31चौबीसौँ रोमम्ती-एजेरलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना थिए।

अहिले सेलेक्ट गरिएको:

1 इतिहास 25: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्