1 इतिहास 23
23
लेवीहरू
1जब दावीद वृद्ध भए, र धेरै उमेरका भए, तब तिनले आफ्ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा नियुक्त गरे।
2तिनले इस्राएलका सबै अगुवाहरू, पुजारीहरू र लेवीहरूलाई पनि एकसाथ भेला गराए। 3तीस वर्ष र त्यसभन्दा बढी उमेरका लेवी पुरुषहरूको गन्ती गरियो; अनि पुरुषहरूको कुल संख्या अठतीस हजार थियो। 4दावीदले भने, “यीमध्ये चौबीस हजारले याहवेहको मन्दिरको काममा रेखदेख गरून्; अनि छ हजारचाहिँ अगुवाहरू र न्यायकर्ताहरू होऊन्। 5चार हजारचाहिँ द्वारपालहरू होऊन्, र अरू चार हजारले चाहिँ मैले प्रशंसाको उद्देश्यले उपलब्ध गराएका वाद्य-वादनहरूद्वारा याहवेहको प्रशंसा गरून्।”
6दावीदले लेवीहरूलाई लेवीका छोराहरू: गेर्शोन, कहात र मरारीका समूहअनुसार विभाजन गरे।
गेर्शोनीहरू
7गेर्शोनीहरूका छोराहरू:
लादान र शिमी।
8लादानका छोराहरू:
पहिलो यहीएल, दोस्रो जेताम र तेस्रो योएल—जम्मा तीन जना।
9शिमीका छोराहरू:
शलोमोत, हाजीएल र हारान—जम्मा तीन जना।
लादानका परिवारहरूका अगुवाहरू यिनीहरू नै थिए।
10शिमीका छोराहरू:
यहत, जीजा,#23:10 मूल भाषामा जीना येऊश र बेरियाह।
शिमीका छोराहरू—जम्मा चार जना।
11यहत पहिलो थिए, जीजा दोस्रो, तर येऊश र बेरियाहका छोराहरू धेरै थिएनन्; यसकारण तिनीहरूलाई एउटै परिवारझैँ गनियो र एउटै जिम्मेवारी दिइयो।
कहातीहरू
12कहातका छोराहरू:
अम्राम, यिसहार, हेब्रोन र उज्जीएल—जम्मा चार जना।
13अम्रामका छोराहरू:
हारून र मोशा।
हारूनचाहिँ अलग गरिएका थिए; हारून र तिनका सन्तानहरूलाई सधैँका निम्ति अति पवित्र चीजहरू अर्पण गर्न, याहवेहको सामु भेटीहरू चढाउन, उहाँको सामु सेवा गर्न र सधैँका निम्ति उहाँको नाममा आशिष् दिनलाई अलग गरिएका थिए। 14परमेश्वरका जन मोशाका छोराहरूलाई चाहिँ लेवी कुलको एउटा भागको रूपमा गनियो।
15मोशाका छोराहरू:
गेर्शोम र एलीएजर।
16गेर्शोमका सन्तानहरू:
पहिलो शूबाएल।
17एलीएजेरका सन्तानहरू:
पहिलो छोरो रहब्याह।
(एलीएजरका अरू छोराहरू थिएनन्, तर रहब्याहका छोराहरू अति धेरै थिए।)
18यिसहारका छोराहरू:
पहिलो शलोमीत।
19हेब्रोनका छोराहरू:
पहिलो यरियाह, दोस्रो
अमर्याह, तेस्रो यहजीएल र चौथो यकमाम।
20उज्जीएलका छोराहरू:
पहिलो मीका र दोस्रो यिशियाह।
मरारीहरू
21मरारीका छोराहरू:
महली र मूशी।
महलीका छोराहरू:
एलाजार र कीश।
22(एलाजारका छोराहरू नभई तिनको मृत्यु भयो: तिनका छोरीहरू मात्र थिए। तिनीहरूलाई तिनका आफन्तहरू, कीशका छोराहरूले विवाह गरे।)
23मूशीका छोराहरू:
महली, एदेर र यरेमोत—जम्मा तीन जना।
24लेवीका परिवारअनुसार तिनीहरूका सन्तानहरू यिनै थिए—तिनीहरूका परिवारका अगुवाका नामअनुसार र हरेक व्यक्तिहरू, जो याहवेहको मन्दिरमा काम गर्ने बीस वर्ष र त्यसभन्दा बढी उमेरका कर्मचारीहरूको नाम दर्ता गरियो। 25किनकि दावीदले भनेका थिए, “याहवेह इस्राएलका परमेश्वरले आफ्ना मानिसहरूलाई विश्राम दिनुभएको छ, र उहाँ यरूशलेममा सदासर्वदाको लागि बास गर्न आउनुभएको छ। 26यसैकारण लेवीहरूले फेरि समागम पाल र त्यसको सेवामा प्रयोग गरिने कुनै पनि सामानहरू बोकिरहन आवश्यक छैन।” 27दावीदको अन्तिम निर्देशनअनुसार, बीस वर्ष र त्यसभन्दा बढी उमेरका लेवीहरू गनिए।
28लेवीहरूको जिम्मेवारीचाहिँ याहवेहको मन्दिरको सेवामा हारूनका सन्तानहरूलाई सहायता गर्नुपर्नेथियो: आँगन, छेउछाउका कोठाहरू, सबै पवित्र चीजहरू शुद्ध गर्ने र परमेश्वरको भवनमा अरू कामहरू पनि गर्नुपर्ने जिम्मेवारी थियो। 29तिनीहरू टेबुलमा सजाइएको रोटी, अन्नबलिको विशेष पिठो, खमिरविनाको पातलो रोटी, पकाउने र मिसाउने, र सबै प्रकारका नाप-तौल, र आकारका जिम्मेवारीमा थिए। 30तिनीहरू हरेक बिहान याहवेहलाई धन्यवाद र प्रशंसा चढाउनलाई पनि खडा हुनुपर्थ्यो। तिनीहरूले साँझमा पनि त्यसै गर्नुपर्थ्यो; 31अनि तिनीहरूले विश्रामदिनमा, औँसीका चाडहरूमा र तोकिएका चाडहरूमा याहवेहकहाँ होमबलि चढाउनु पर्थ्यो। तिनीहरूले नियमित रूपले उचित संख्या र तिनीहरूलाई तोकिदिएको नियमअनुसार याहवेहको सामु सेवा गर्नुपर्थ्यो।
32यसरी लेवीहरूले भेट हुने पालको, पवित्रस्थान र हारूनका सन्तान आफ्ना दाजुभाइहरूका अधीनमा रहेर याहवेहको मन्दिरको सेवामा पुजारीहरूलाई सहायता गरे।
अहिले सेलेक्ट गरिएको:
1 इतिहास 23: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.