YouVersion लोगो
खोज आइकन

रोमीहरूलाई पावलको पत्र 12:9-16

रोमीहरूलाई पावलको पत्र 12:9-16 NERV

तिमीहरूको प्रेम शूद्ध हुनुपर्छ। ती कुराहरूलाई घृणा गर जुन कुरामा दुष्ट्याइँ छ। असल कुराहरू मात्र गर। एका-अर्कामा दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई जस्तो प्रेम गर। तिमी आफूलाई जस्तो चाहन्छौ आफ्ना दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई त्यो भन्दा अझ बढता सम्मान देऊ। परमप्रभुको काममा अल्छी नहोऊ। आत्मिक रूपले इर्ष्यालु भएर उहाँको सेवा गर। खुशी होऊ किनभने तिमीहरूसँग आशा छ। दुःखमा धैर्य धारण गर। सधैँ प्रार्थना गर। परमेश्वरका मानिसहरूले सहायता खोजेको देखे आफूमा भएको कुरो बाँड र सहायता देऊ। अनि मानिसहरूलाई आफ्नो घरमा स्वागत गर। ती जसले तिमीहरूलाई नराम्रो गर्छ उसित मीठो वचन बोल। तर तिनीहरूलाई नसराप। जब अरूहरू खुशी हुँदछन् तिमी पनि तिनीहरूसँगै खुशी हुनुपर्छ। अनि जब अरूहरू रून्छन् तिमीपनि तिनीहरूसँग रोऊ। परस्परमा शान्तिपूर्वक मिलेर बस। अंहकार नगर। निम्न पदका मानिसहरूसित मित्रता राख। अभिमानी नहोऊ।

रोमीहरूलाई पावलको पत्र 12:9-16 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति