रोमी 12:9-16
रोमी 12:9-16 नेपाली समकालीन संस्करण (NCV)
प्रेम निष्कपट हुनुपर्छ। दुष्टतालाई घृणा गर; जे असल छ, त्यसमा रहिरह। एक-अर्कालाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरूका रूपमा प्रेम गर; आफूलाई भन्दा ज्यादा अरूलाई आदर गर। कहिल्यै अल्छे नहोओ; तर कडा मेहनत गर, र आत्मामा जोशिलो भएर प्रभुको सेवा गर। आशामा आनन्दित होओ, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा विश्वासयोग्य होओ। खाँचोमा परेका परमेश्वरका जनहरूसँग बाँडचुँड गर। पाहुनासत्कार कायम राखिरहो। तिमीहरूलाई सताउनेहरूलाई आशिष देओ; तिनीहरूलाई आशिष देओ, श्राप होइन। आनन्द गर्नेहरूसँग आनन्दित होऊ; शोक गर्नेहरूसँग शोक गर। एक-अर्कासँग मिलेर बस। अहङ्कारी नहोओ, तर नम्र व्यक्तिहरूसँग सम्बन्ध राख्ने चाहना गर, र आफैलाई बुद्धिमानी नसम्झ।
रोमी 12:9-16 पवित्र बाइबल (NERV)
तिमीहरूको प्रेम शूद्ध हुनुपर्छ। ती कुराहरूलाई घृणा गर जुन कुरामा दुष्ट्याइँ छ। असल कुराहरू मात्र गर। एका-अर्कामा दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई जस्तो प्रेम गर। तिमी आफूलाई जस्तो चाहन्छौ आफ्ना दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई त्यो भन्दा अझ बढता सम्मान देऊ। परमप्रभुको काममा अल्छी नहोऊ। आत्मिक रूपले इर्ष्यालु भएर उहाँको सेवा गर। खुशी होऊ किनभने तिमीहरूसँग आशा छ। दुःखमा धैर्य धारण गर। सधैँ प्रार्थना गर। परमेश्वरका मानिसहरूले सहायता खोजेको देखे आफूमा भएको कुरो बाँड र सहायता देऊ। अनि मानिसहरूलाई आफ्नो घरमा स्वागत गर। ती जसले तिमीहरूलाई नराम्रो गर्छ उसित मीठो वचन बोल। तर तिनीहरूलाई नसराप। जब अरूहरू खुशी हुँदछन् तिमी पनि तिनीहरूसँगै खुशी हुनुपर्छ। अनि जब अरूहरू रून्छन् तिमीपनि तिनीहरूसँग रोऊ। परस्परमा शान्तिपूर्वक मिलेर बस। अंहकार नगर। निम्न पदका मानिसहरूसित मित्रता राख। अभिमानी नहोऊ।
रोमी 12:9-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रेम निष्कपट होस्। जुन कुरा खराब छ, त्यसलाई घृणा गर। जुन कुरा असल छ, त्यसमा लागिरहो। भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्दा बढ़ी अरूलाई आदर गर। जोशमा पछि नहट। पवित्र आत्मामा प्रज्वलित होओ, प्रभुको सेवा गर्दैरहो। आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो। सन्तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्कार कायम राख। तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप। आनन्द गर्नेहरूसँग आनन्द गर। रुनेहरूसँग रोओ। एक-अर्कासँग मिलेर बस, अभिमानी नहोओ, तर नम्रहरूसँग सङ्गत गर। कहिल्यै अहङ्कारी नहोओ।
रोमी 12:9-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूको प्रेम देखावटी होइन तर साँचो होस्। खराब कुरा त्यागेर असल कुरामा लागिरहो। भातृप्रेमले एकले अर्कोलाई पनि प्रेम गर। अरूलाई आदर गर्न नचुक। गरिहाल्नुपर्ने काममा अल्छी नगर। आत्मामा जोशिलो भएर दिलोज्यानले प्रभुको काम गर। तिमीहरूले पाएको आशामा खुसी रहो। कष्टहरूमा धैर्य बन र सधैँ प्रार्थनामा लागिरहो। प्रभु ख्रीष्टका पवित्र जनहरूलाई खाँचो पर्दा सहायता देओ, घरमा आएका पाहुनाहरूको सेवासत्कार गर र सताउनेहरूलाई श्राप होइन आशीर्वाद देओ। त्यस्तै रमाउनेहरूसँग रमाओ। रुनेहरूसँग रोओ, सबैसँग मिलनसार होओ। कसैसँग शेखी नगर, तर सबैसँग नम्र भएर झुक अनि आफूलाई धेरै जान्ने पनि नठान।