YouVersion लोगो
खोज आइकन

यूहन्नालाई भएको प्रकाश 2:18-28

यूहन्नालाई भएको प्रकाश 2:18-28 NERV

“थिआटीराको मण्डलीका स्वर्गदूतलाई यो लेख: “परमेश्वरका पुत्रले यी कुराहरू भन्दैहुनुहुन्छ। उहाँ नै एक हुनु हुन्छ जसका आँखा आगो जस्तै जल्दैछन् अनि पाउ चम्किलो काँसा जस्ता छन्। उनले तिमीहरूलाई जे भन्नु हुन्छ, त्यो यस्तो छ “तिमीहरूले के गरेका छौ मलाई थाहा छ। म तिमीहरूको प्रेम, विश्वास, सेवा अनि धीरजको बारेमा जान्दछु। मलाई थाहा छ तिमीहरूले अहिले शुरुमा जे गरेका थियौ त्यो भन्दा अधिक गर्दैछौ। तर तिमीहरू विरुद्ध मसँग यो कुरा छ तिमीहरूले जिजेबेल नाउँकी स्त्रीलाई उसले चाहेको कुरा गर्न दियौ। उसले दावी गर्छे की ऊ एक अगमवक्ता हो। तर उसले मेरा मानिसहरूलाई आफ्ना शिक्षाद्वार टाढा लगिरहेकी छे। जिजेबेलले मेरा मानिसहरूलाई यौन पाप गर्न अनि मूर्तिहरू अघि अर्पण गरेको खाद्य पदार्थ खान अग्रसर पारिरहेकी छे। मैले उसलाई आफ्नो हृदय परिवर्तन गर्ने अनि आफ्नो पापदेखि मुक्त हुने मौका दिएको छु। तर ऊ परिवर्त्तन हुन चाहाँदिन। “यसर्थ म उसलाई शैंय्यामा फालिदिनेछु। अनि सबै मानिसहरू, जो उसित व्याभिचार गर्छन्, तिनीहरूले साह्रै कष्ट भोग्नेछन् यदि उसको दुष्ट जीवन शैली अनुशरण गर्न नछोडे। म उसको छोरा-छोरीहरूलाई पनि मार्नेछु। अनि सबै मण्डलीहरूले, थाहा पाउनेछन् कि म उही हुँ। जसले मानिसहरूका मन अनि हृदय जान्दछ। अनि म तिमीहरूको कर्म अनुसार दिनेछु। “तर थिआटीराका तिमीहरू जस्ता अन्य मानिसहरूले उसको शिक्षा स्वीकार गरेका छैनन्। तिमीहरूले ती कुराहरू जानेका छैनौ जुन तिनीहरू शैतानको गहन रहस्य भनी दावी गर्छन्। म तिमीहरूलाई जे भन्छु त्यो यो हो म तिमीहरूमाथि अरू भारी लदाउने छैन। म नआएसम्म तिमीहरू यही तरीकामा बस। “जसले विजय प्राप्त गर्छ अनि, अन्तिम सम्म मैले चाहेका कुराहरू गरिरहन्छ म ती प्रत्येकलाई राष्ट्रहरूमाथि अधिकार दिनेछु उसले तिनीहरूमाथि अत्यन्तै कडा शासन चलाउनेछ। उसले त्यसलाई फुटेको माटाका भाँडाहरू जस्तै टुक्रा-टुक्रा पार्नेछ। जस्तो मैले मेरा पिताबाट अधिकार पाएँ, म त्यस व्यक्तिलाई दिनेछु, म त्यस व्यक्तिलाई विहानको तारा दिनेछु।