YouVersion लोगो
खोज आइकन

यूहन्नालाई भएको प्रकाश 1:8-20

यूहन्नालाई भएको प्रकाश 1:8-20 NERV

प्रभु परमेश्वर भन्नुहुन्छ, “म अल्फा अनि ओमेगा हुँ। म नै एक हुँ जो अहिले छु, जो सदैव थिए अनि जो आउँदै छु। म सर्व शक्तिमान हुँ।” म यूहन्ना हुँ अनि म तिमीहरूको भाइ जो कष्टमा राज्यमा अनि धैर्यपूर्वकको सहनशीलतामा सहभागिता गर्छ। म पत्मोस टापूमा थिएँ किनभने म परमेश्वरको सन्देश अनि येशूको सत्यप्रति विश्वासी थिएँ। परमप्रभुको दिनमा आत्माले मलाई अधिकारमा लियो। मैले मेरो पछि एक ठूलो आवाज सुनें। त्यो तुरहीको आवाज जस्तो सुनियो। त्यो आवाजले भन्यो, “तिमीले जे देख्नेछौ एउटा पुस्तकमा लेख अनि त्यसलाई सात मण्डलीहरूमा एफिसस, स्पर्ना, पर्गामम, थिआटायरा, सार्डिस, फिलाडेल्फिया अनि लाओडिसियामा यो पत्र पठाऊ।” को हो जो मसित बात गदैंछ भनी हेर्न म पछि फर्किएँ। जब म फर्किएँ, मैले सुनका सातवटा दीप-दानी देखे। मैले ती दीप-दानी माझमा कसैलाई देखें जो “मानिसको पुत्र” जस्तै हुनुहुन्थ्यो। तिनीले खुट्टा छुने एक लामो पोशाक लगाइरहेका थिए। तिनको छाती वरिपरि सुनौलो पेटी बाँधिएको थियो। तिनको शिर अनि केश हिउँ र ऊन जस्तो सेतो थियो। उहाँका आँखा आगोको ज्वाला जस्ता थिए। तिनका पाउहरू भट्टीमा चम्किरहेको काँसा जस्ता थिए। तिनको आवाज बाढी आएको समयको छालको जस्तो थियो। उहाँको दाहिने हातमा सातवटा ताराहरू थिए। एउटा दुइपट्टिधार भएको लाग्ने तरवार तिनको मुखबाट निस्कियो। तिनको अनुहार मध्यान्हमा चम्केको सूर्य जस्तै देखिन्थ्यो। जब मैले उहाँलाई देखें, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखेर भन्नुभयो, “भयभित नहोऊ, नडराऊ। म आदि अनि अन्त हुँ। म नै एक हुँ जो बाँचेको छु। एक जो जीवीत छु म नै हुँ। म मरेको थिएँ। तर हेर, म सदा-सर्वदाको लागि जीवित छु। अनि मसँग मृत्यु र पातालको साँच्चोहरू छन्। यसर्थ तिमीले जो देख्यो लेख। ती लेख जो भइरहेको छ, अनि जो पछि भविष्यमा हुनेवाला छ। तिमीले मेरो दाहिने हातमा देखेका सातवटा ताराहरू अनि तिमीले देखेका सातवटा सुनौला दीप-दानीहरूको गुप्त अर्थ यस्तो छ। ती सातवटा दीप-दानीहरू सातवटा मण्डलीहरू हुन्। ती सातवटा ताराहरू सातवटा मण्डलीका स्वर्गदूतहरू हुन्।”