YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 66:13-20

भजनसंग्रह 66:13-20 NERV

यसैकारण, म तपाईंको मन्दिरमा होमबलि अर्पण गर्नेछु। जब-जब म सङ्कटमा परें तब तपाईंको सहयोग मागें। मैले तपाईंसँग प्रतिज्ञाहरू गरेको थिएँ। अब, म तपाईंलाई ती चीजहरू दिइरहेछु जुन मैले प्रतिज्ञा गरेथें। म तपाईंलाई पापमय बलिहरू अर्पण गर्नेछु, म तपाईंलाई भेंडाहरू सहित धूपहरू चढाउँने छु, म साँढेहरू र बाख्राहरू चढाउने छु। तिमीहरू सबैले परमेश्वरको उपासना गरिरहने छौ। आऊ, अनि म तिमीहरूलाई भन्ने छु परमेश्वरले मेरो निम्ति के गर्नुभयो। मैले उहाँलाई प्रार्थना गरें, र मेरो जिब्रोबाट उहाँको गुणगान गरें। मेरो हृदय शुद्ध थियो, यसैले मेरो स्वामीले मलाई सुन्नुभयो। परमेश्वरले मलाई सुन्नुभयो। परमेश्वरले मेरो प्रार्थना सुन्नुभयो। परमेश्वरको प्रशंसा गर! परमेश्वर मबाट विमुख हुनु भएन, उहाँले मेरो प्रर्थाना सुन्नुभयो। उहाँले आफ्नो प्रेम मलाई दर्शाउनु भयो।

भजनसंग्रह 66 पढ्नुहोस्