हे परमप्रभु, तपाईंले मेरो सम्पूर्ण शरीर बनाउनु भयो। म आमाको गर्भमा हुँदा मेरो विषयमा सवै कुराहरू जान्नुहुन्छ। हे परमप्रभु, म तपाईंको प्रशंसा गर्छु। तपाईंले मलाई आश्चर्यपूर्वक र अपूर्व प्रकारले बनाउनु भयो। म जान्दछु कि तपाईंले जे गर्नुभयो, त्यो आश्चयपूर्ण छ। तपाईं मेरो बारेमा सारा कुराहरू जान्नुहुन्छ। जब मेरो शरीरले आफ्नो रूप लिंदै बढदै गयो, तपाईंले मेरो हड्डीहरू नियाल्नु भयो जुन मेरो आमाको गर्भमा लुकेको थियो। तपाईंले मेरो अंग-प्रत्यंग बढ्दै गरेको नियाल्नु भयो, तपाईंले आफ्नो पुस्तकमा ती कुराहरू लेख्नु भयो। तपाईंले प्रत्येक दिन मलाई नियाल्नु भयो। कुनै दिन पनि त्यसै खाली गएन। तपाईंका विचारहरू मेरो निम्ति महत्वपूर्ण छन्। हे परमेश्वर, तपाईं यति विघ्न जान्नुहुन्छ। यदि मैले ती सबै गन्न सक्दो हुँ ता, तिनीहरू बालुवाका कणहरू भन्दा धेरै हुने थिए होला। अनि मैले जब गनी सकेपछि पनि, तपाईंसँगै नै हुनेछु। हे परमेश्वर, दुष्ट मानिसहरूलाई मार्नु होस्। त्यस्ता हत्याराहरू मदेखि टाढै राखी दिनुहोस्। ती दुष्टहरूले तपाईंको बारेमा नराम्रा कुराहरू गरे तिनीहरूले तपाईंको नाउँको पनि बद्नाम गरे। हे परमप्रभु, म ती मानिसहरूलाई घृणा गर्दछु, ज-जसले तपाईंलाई घृणा गर्दछन्। म ती मानिसहरूलाई घृणा गर्दछु, जो तपाईंको विरूद्धमा उठ्दछन्। म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्छु। तपाईंका शत्रुहरू मेरो पनि शत्रुहरू हुन्। हे परमप्रभु, मेरो हृदयमा हेर्नुहोस् अनि मेरो मनलाई जान्नुहुन्छ। मलाई जाँच्नुहोस् र मेरो विचारहरू जान्नुहुन्छ। मसँग त्यस्तो कुनै पापपूर्ण विचारहरू छ भने हेर्नु होस्, अनि त्यस्तो बाटोमा डोर्याएर लैजानु होस् जुन अनन्त रहनेछ।
भजनसंग्रह 139 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 139:13-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू