YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 139:13-24

भजनसंग्रह 139:13-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्‍यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्‍नुभयो। म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्‌भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्‌भुत छन्‌, र त्‍यो कुरा म पूर्ण रूपले जान्‍दछु। जब अदृश्‍यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्‍वीको गहिराइमा रचिँदैथिएँ, तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्‍ति नियुक्त गरिएको आयु तपाईंको पुस्‍तकमा लेखिएको थियो। त्‍यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए। हे परमेश्‍वर, मेरो निम्‍ति तपाईंका विचारहरू कति बहुमूल्‍य छन्‌! तिनको सङ्‌ख्‍या कति महान्‌ छ! तिनलाई मैले गन्‍नुपरेमा, ती बालुवाका कणहरूभन्‍दा बढ़ी हुनेथिए। जब म बिउँझन्‍छु, तब म तपाईंसँगै हुन्‍छु। हे परमेश्‍वर, दुष्‍टहरूलाई विनाश गर्नुभए कति असल हुनेथियो! हे रक्तपिपासु मानिस हो, मबाट दूर होओ! तिनीहरू तपाईंको विरुद्धमा दुष्‍ट नियतले बोल्‍छन्‌, र तपाईंका शत्रुहरूले तपाईंका नाउँको दुरुपयोग गर्छन्‌। हे परमप्रभु, तपाईंलाई घृणा गर्नेलाई के म घृणा गर्दिनँ? र तपाईंको विरुद्धमा उठ्‌नेहरूलाई, के म हेलाको दृष्‍टिले हेर्दिनँ? तिनीहरूका निम्‍ति मेरो हृदयमा घृणाबाहेक अरू केही छैन, म तिनीहरूलाई मेरा शत्रु ठान्‍दछु। हे परमेश्‍वर, मलाई जाँच्‍नुहोस्‌, र मेरो हृदयलाई जान्‍नुहोस्‌। मलाई जाँच्‍नुहोस्‌, र मेरा चिन्‍ताहरूलाई जान्‍नुहोस्‌। हेर्नुहोस्‌, ममा कुनै खराब चाल छ कि, र मलाई अनन्‍तको मार्गमा डोर्‍याइदिनुहोस्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 139 पढ्नुहोस्

भजनसंग्रह 139:13-24 पवित्र बाइबल (NERV)

हे परमप्रभु, तपाईंले मेरो सम्पूर्ण शरीर बनाउनु भयो। म आमाको गर्भमा हुँदा मेरो विषयमा सवै कुराहरू जान्नुहुन्छ। हे परमप्रभु, म तपाईंको प्रशंसा गर्छु। तपाईंले मलाई आश्चर्यपूर्वक र अपूर्व प्रकारले बनाउनु भयो। म जान्दछु कि तपाईंले जे गर्नुभयो, त्यो आश्चयपूर्ण छ। तपाईं मेरो बारेमा सारा कुराहरू जान्नुहुन्छ। जब मेरो शरीरले आफ्नो रूप लिंदै बढदै गयो, तपाईंले मेरो हड्डीहरू नियाल्नु भयो जुन मेरो आमाको गर्भमा लुकेको थियो। तपाईंले मेरो अंग-प्रत्यंग बढ्दै गरेको नियाल्नु भयो, तपाईंले आफ्नो पुस्तकमा ती कुराहरू लेख्नु भयो। तपाईंले प्रत्येक दिन मलाई नियाल्नु भयो। कुनै दिन पनि त्यसै खाली गएन। तपाईंका विचारहरू मेरो निम्ति महत्वपूर्ण छन्। हे परमेश्वर, तपाईं यति विघ्न जान्नुहुन्छ। यदि मैले ती सबै गन्न सक्दो हुँ ता, तिनीहरू बालुवाका कणहरू भन्दा धेरै हुने थिए होला। अनि मैले जब गनी सकेपछि पनि, तपाईंसँगै नै हुनेछु। हे परमेश्वर, दुष्ट मानिसहरूलाई मार्नु होस्। त्यस्ता हत्याराहरू मदेखि टाढै राखी दिनुहोस्। ती दुष्टहरूले तपाईंको बारेमा नराम्रा कुराहरू गरे तिनीहरूले तपाईंको नाउँको पनि बद्नाम गरे। हे परमप्रभु, म ती मानिसहरूलाई घृणा गर्दछु, ज-जसले तपाईंलाई घृणा गर्दछन्। म ती मानिसहरूलाई घृणा गर्दछु, जो तपाईंको विरूद्धमा उठ्दछन्। म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्छु। तपाईंका शत्रुहरू मेरो पनि शत्रुहरू हुन्। हे परमप्रभु, मेरो हृदयमा हेर्नुहोस् अनि मेरो मनलाई जान्नुहुन्छ। मलाई जाँच्नुहोस् र मेरो विचारहरू जान्नुहुन्छ। मसँग त्यस्तो कुनै पापपूर्ण विचारहरू छ भने हेर्नु होस्, अनि त्यस्तो बाटोमा डोर्याएर लैजानु होस् जुन अनन्त रहनेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 139 पढ्नुहोस्

भजनसंग्रह 139:13-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तपाईंले मेरो हरेक अङ्ग बनाउनुभयो, आमाको गर्भमा तपाईंले मलाई रच्‍नुभयो। म तपाईंको प्रशंसा गर्दछु किनभने हामीले तपाईंको डर मान्‍नु पर्दछ, तपाईंका सबै काम उदेकका र अचम्‍मका छन्, यी सबै कुरा म आफ्‍नो हृदयबाट जान्‍दछु। जब मेरा हड्डीहरू बनिंदैथिए, मेरी आमाको गर्भमा ती ठीकसँग जोडिदैथिए, र अदृश्‍यमा म त्‍यहाँ बढ्दैथिएँ, त्‍यति बेला म त्‍यहाँ छु भनी तपाईं जान्‍नुहुन्‍थ्‍यो। मेरो जन्‍म हुनुभन्दा अघि नै तपाईंले मलाई देख्‍नुभएको हो, मेरा आयुका दिनहरू सुरु हुनुभन्दा अघि नै तपाईंको पुस्‍तकमा लेखिएका थिए। हे परमेश्‍वर, तपाईंका विचारहरू कति अमूल्‍य छन्, र सङ्‍ख्‍यामा ती विचारहरू कति धेरै छन्! मैले तिनीहरूको गन्‍ती लिएँ भने, ती बालुवाका कणहरूभन्दा बढ्ता छन्, म बिउँझँदा, तपाईंसँग नै भइरहेको हुन्‍छु। हे परमेश्‍वर, मेरो यस्‍तो इच्‍छा छ– सबै दुष्‍टहरू तपाईंका हातबाट नाश होऊन्। ज्‍यानमाराहरू मदेखि टाढै रहून्। तिनीहरूले तपाईंको बारेमा दुष्‍ट कुरा गर्छन्, तपाईंको नामको विरुद्धमा दुष्‍ट कुरा भन्‍छन्। हे परमप्रभु, तपाईंलाई घृणा गर्नेहरूलाई म कति घृणा गर्दछु, तपाईंका विरोध गर्नेहरूलाई, म कति तुच्‍छ ठान्‍दछु। म तिनीहरूलाई औधी घृणा गर्दछु, म तिनीहरूलाई आफ्‍ना शत्रु भन्‍ठान्‍छु। मलाई जाँच्‍नुहोस्, हे परमेश्‍वर, मेरो मन बुझ्‍नुहोस्, मलाई खार्नुहोस् र मेरा विचारहरू जान्‍नुहोस्। ममा केही दुष्‍टता छ कि खोज्‍नुहोस् र मलाई अनन्‍तकालको बाटोमा डोर्‍याउनुहोस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 139 पढ्नुहोस्

भजनसंग्रह 139:13-24

भजनसंग्रह 139:13-24 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्