किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्नुभयो। म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्भुत छन्, र त्यो कुरा म पूर्ण रूपले जान्दछु। जब अदृश्यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्वीको गहिराइमा रचिँदैथिएँ, तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्ति नियुक्त गरिएको आयु तपाईंको पुस्तकमा लेखिएको थियो। त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए। हे परमेश्वर, मेरो निम्ति तपाईंका विचारहरू कति बहुमूल्य छन्! तिनको सङ्ख्या कति महान् छ! तिनलाई मैले गन्नुपरेमा, ती बालुवाका कणहरूभन्दा बढ़ी हुनेथिए। जब म बिउँझन्छु, तब म तपाईंसँगै हुन्छु। हे परमेश्वर, दुष्टहरूलाई विनाश गर्नुभए कति असल हुनेथियो! हे रक्तपिपासु मानिस हो, मबाट दूर होओ! तिनीहरू तपाईंको विरुद्धमा दुष्ट नियतले बोल्छन्, र तपाईंका शत्रुहरूले तपाईंका नाउँको दुरुपयोग गर्छन्। हे परमप्रभु, तपाईंलाई घृणा गर्नेलाई के म घृणा गर्दिनँ? र तपाईंको विरुद्धमा उठ्नेहरूलाई, के म हेलाको दृष्टिले हेर्दिनँ? तिनीहरूका निम्ति मेरो हृदयमा घृणाबाहेक अरू केही छैन, म तिनीहरूलाई मेरा शत्रु ठान्दछु। हे परमेश्वर, मलाई जाँच्नुहोस्, र मेरो हृदयलाई जान्नुहोस्। मलाई जाँच्नुहोस्, र मेरा चिन्ताहरूलाई जान्नुहोस्। हेर्नुहोस्, ममा कुनै खराब चाल छ कि, र मलाई अनन्तको मार्गमा डोर्याइदिनुहोस्।
भजनसंग्रह 139 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 139
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 139:13-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू