YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:73-96

भजनसंग्रह 119:73-96 NERV

हे परमप्रभु, तपाईंले मलाई बनाउनु भयो अनि मलाई सघाउनु भयो। मलाई तपाईंका आज्ञाहरू सिक्नु र बुझ्नुलाई सहयोग गर्नुहोस्। हे परमप्रभु! तपाईंका भक्तजनहरूले मलाई हेर्दछन् र आदर गर्दछन्। तिनीहरू खुशी छन् किनभने तपाईंले जे भन्नुभयो मैल त्यसैमा विश्वास गरें। हे परमप्रभु, म जान्दछु कि तपाईंका निर्णयहरू निष्पक्ष छन्। अनि तपाईंले मलाई दण्ड दिनु सठीक थियो। अब, तपाईंको स्नेहपूर्ण करूणाले मलाई सान्त्वना दिनुहोस्। तपाईंको प्रतिज्ञा बमोजिम मलाई सान्त्वना दिनुहोस्। हे परमप्रभु, मलाई सान्त्वना दिनुहोस् र मलाई बाँच्न दिनुहोस्। म तपाईंको शिक्षाहरूमा आनन्दित् हुन्छु। मानिसहरू ज-जसले तिनीहरू म भन्दा असल हुँ भनेर सोचे, र मेरो बारेमा झूटो बोले। ती मानिसहरू लज्जित होऊन् परमप्रभु, म तपाईंको व्यवस्था सिक्छु, पढछु। भरोसा गर्छु तपाईंको भक्तजनहरू मकहाँ फर्केर आऊन। यसकारण तिनीहरूले तपाईंको करार-वचनहरू सिक्न सक्छन्। परमप्रभु, मैले तपाईंको आज्ञाहरू सम्पूर्ण प्रकारले पालन गर्न सकुँ, ताकि म लज्जित हुने छैन। म मर्न आँटेको छु। तपाईंले मलाई बचाउनु हुन्छ भनेर पर्खिरहेछु। तर परमप्रभु, तपाईंले भनेका कुराहरूमा म भरोसा गर्छु। मैले तपाईंको प्रतिज्ञा लगातार हेरिरहेकोछु। तर मेरो आँखाहरू शिथिल भइरहेछन्, परमप्रभु कहिले मलाई सान्त्वना दिनुहुन्छ? म धुवाँमाथि झुण्डियाएर राखिएको सुक्खा छालाको थैलो भए तापनि, तपाईंको नियमहरू भुल्ने छैन। म कहिले सम्म बाँच्ने छु? हे परमप्रभु, जसले मेरो खेदो गरे, ती मानिसहरूलाई कहिले सजाय दिनु हुन्छ? कतिपय अंहकारी मानिसहरूले मलाई झूटो कुराहरू जुन तपाईंको उपदेशहरूको विरूद्ध हुन् तीद्वारा मलाई प्रहार गरे। हे परमप्रभु, मानिसहरू सबैले तपाईंको आज्ञाहरूमाथि भरोसा गर्न सक्छन्, ती मानिसहरूले बिना कारणै मेरो खेदो गरे, मलाई सहायता गर्नुहोस्! ती मानिसहरूले प्रायः मलाई ध्वंश गरिसके। तर मैले तपाईंको आज्ञाहरू मान्न छाडिनँ। हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा मलाई दर्शाउनु होस् अनि मलाई बाँच्न दिनुहोस् र तपाईंले जे भन्नुहुन्छ म त्यही गर्नेछु। हे परमप्रभु, तपाईंका वचनहरू सदा-सर्वदा रहनेछन्। तपाईंका वचनहरू स्वर्गमा पनि अनन्त रहनेछन्। तपाईं सदा-सर्वदा विश्वासी हुनुहुन्छ। हे परमप्रभु, तपाईंले पृथ्वी सृजना गर्नुभयो, अनि यो अझ विश्वासयोग्य हुनुहुन्छ। तपाईं कै नियमहरूले गर्दा, यो आज सम्म जीवित रहेको छ किनभने यसले तिनीहरूलाई दासले झैं पालन गर्दछ। यदि तपाईंको शिक्षाहरूमा मैले आनन्द नलिएको भए, मेरो पीडाहरूले मलाई ध्वंश पार्ने थियो। हे परमप्रभु, म तपाईंको आज्ञाहरू कहिल्यै भुल्ने छैन किनभने तिनीहरूले मलाई बाँच्न दिए। हे परमप्रभु, म तपाईंकै हुँ, यसैले मलाई बचाउनु होस्। किनभने मैले तपाईंको आज्ञाहरू पालन गर्न यथाशक्य कोशिश गरें। दुष्ट मानिसहरूले मलाई ध्वंश गर्ने प्रयास गरे। तर तपाईंको नियमले मलाई ज्ञानी बनायो। तपाईंको नियमहरू बाहेक प्रत्येक कुराको आफ्नो सीमा हुन्छ।

भजनसंग्रह 119 पढ्नुहोस्