भजनसंग्रह 119:73-96
भजनसंग्रह 119:73-96 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईंका हातहरूले मलाई बनाएका र आकार दिएका हुन्; तपाईंका आज्ञाहरू सिक्ने समझशक्ति मलाई दिनुहोस्। तपाईंको भय मान्नेहरू मलाई देखेर खुशी होऊन्; किनकि मैले मेरो आशा तपाईंको वचनमा राखेको छु। हे याहवेह, म जान्दछु, तपाईंका नियमहरू धार्मिक छन्, र आफ्नो विश्वसतामा तपाईंले मलाई ताडना दिनुभएको छ। आफ्नो सेवकलाई गर्नुभएको प्रतिज्ञाअनुसार तपाईंको अचुक प्रेम मेरो सान्त्वना बनोस्! तपाईंको कृपा ममाथि रहोस्, ताकि म जीवित रहन सकूँ; किनकि म तपाईंको व्यवस्थामा नै रमाउँदछु। कारणविना मलाई दोष लगाएका हुनाले अहङ्कारीहरू शर्ममा परून्; तर मचाहिँ तपाईंका विधिहरूमा मनन गर्नेछु। तपाईंको डर मान्नेहरू, र तपाईंका कानुन बुझ्नेहरू मतिर फर्कून्। मेरो निर्दोष हृदयले तपाईंका उर्दीहरू पालन गर्न सकूँ, ताकि म शर्ममा नपरूँ! मेरो प्राण तपाईंको मुक्ति प्राप्त गर्ने तिर्सनामा व्याकुल छ; तर मैले आफ्नो आशा तपाईंको वचनमा राखेको छु। तपाईंको प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दै मेरा आँखाहरू धमिला भइसकेका छन्; म सोध्छु, “तपाईंले मलाई कहिले सान्त्वना दिनुहुन्छ?” म धुवाँमा राख्दा-राख्दै खुम्चिएको दाखमद्यको मशकझैँ भएँ; तापनि मैले तपाईंका उर्दीहरू बिर्सेको छैनँ। तपाईंको सेवकले कहिलेसम्म पर्खनुपर्छ? मलाई खेदो गर्नेहरूलाई कहिले दण्ड दिनुहुन्छ? तपाईंको व्यवस्थाको विरोध गर्ने अहङ्कारीहरूले मलाई पासोमा पार्न खाडल खनेका छन्। तपाईंका सारा आज्ञाहरू भरोसायोग्यका छन्; मलाई मदत गर्नुहोस्, म कारणविना सताइएको छु। तिनीहरूले झण्डै मलाई पृथ्वीबाट नाश गरे; तर मैले तपाईंका विधिहरू त्यागेको छैनँ। तपाईंको अचुक प्रेमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्; ताकि म तपाईंको मुखबाट निस्केका कानुनहरू पालन गर्न सकूँ। हे याहवेह, तपाईंको वचन अनन्त छ; यो स्वर्गमा सदैव दृढ रहन्छ। तपाईंको विश्वासयोग्यता पुस्तौँ-पुस्तासम्म रहिरहन्छ; तपाईंले नै पृथ्वीलाई स्थापित गर्नुभयो; अनि यो स्थिर रहन्छ। तपाईंका नियमहरू आजको दिनसम्म स्थिर छन्; किनकि सबै सृष्टिले तपाईंको सेवा गर्दछन्। तपाईंको व्यवस्थामा मेरो निम्ति आनन्द नहुँदो हो त म आफ्नो पीडामा नष्ट भइसकेको हुन्थेँ। तपाईंका विधिहरू म कहिल्यै बिर्सनेछैनँ; किनकि तीद्वारा नै तपाईंले मेरो जीवनको रक्षा गर्नुभएको छ। मलाई बचाउनुहोस्; किनकि म तपाईंकै हुँ; मैले तपाईंका विधिहरूको खोजी गरेको छु। दुष्टहरूले मलाई नाश गर्न ढुकेर बसेका छन्; तर मचाहिँ तपाईंका कानुनहरूमा ध्यान दिनेछु। हरेक सिद्धताको पनि सीमा भएको मैले देखेको छु; तर तपाईंका आज्ञाहरू असीमित छन्।
भजनसंग्रह 119:73-96 पवित्र बाइबल (NERV)
हे परमप्रभु, तपाईंले मलाई बनाउनु भयो अनि मलाई सघाउनु भयो। मलाई तपाईंका आज्ञाहरू सिक्नु र बुझ्नुलाई सहयोग गर्नुहोस्। हे परमप्रभु! तपाईंका भक्तजनहरूले मलाई हेर्दछन् र आदर गर्दछन्। तिनीहरू खुशी छन् किनभने तपाईंले जे भन्नुभयो मैल त्यसैमा विश्वास गरें। हे परमप्रभु, म जान्दछु कि तपाईंका निर्णयहरू निष्पक्ष छन्। अनि तपाईंले मलाई दण्ड दिनु सठीक थियो। अब, तपाईंको स्नेहपूर्ण करूणाले मलाई सान्त्वना दिनुहोस्। तपाईंको प्रतिज्ञा बमोजिम मलाई सान्त्वना दिनुहोस्। हे परमप्रभु, मलाई सान्त्वना दिनुहोस् र मलाई बाँच्न दिनुहोस्। म तपाईंको शिक्षाहरूमा आनन्दित् हुन्छु। मानिसहरू ज-जसले तिनीहरू म भन्दा असल हुँ भनेर सोचे, र मेरो बारेमा झूटो बोले। ती मानिसहरू लज्जित होऊन् परमप्रभु, म तपाईंको व्यवस्था सिक्छु, पढछु। भरोसा गर्छु तपाईंको भक्तजनहरू मकहाँ फर्केर आऊन। यसकारण तिनीहरूले तपाईंको करार-वचनहरू सिक्न सक्छन्। परमप्रभु, मैले तपाईंको आज्ञाहरू सम्पूर्ण प्रकारले पालन गर्न सकुँ, ताकि म लज्जित हुने छैन। म मर्न आँटेको छु। तपाईंले मलाई बचाउनु हुन्छ भनेर पर्खिरहेछु। तर परमप्रभु, तपाईंले भनेका कुराहरूमा म भरोसा गर्छु। मैले तपाईंको प्रतिज्ञा लगातार हेरिरहेकोछु। तर मेरो आँखाहरू शिथिल भइरहेछन्, परमप्रभु कहिले मलाई सान्त्वना दिनुहुन्छ? म धुवाँमाथि झुण्डियाएर राखिएको सुक्खा छालाको थैलो भए तापनि, तपाईंको नियमहरू भुल्ने छैन। म कहिले सम्म बाँच्ने छु? हे परमप्रभु, जसले मेरो खेदो गरे, ती मानिसहरूलाई कहिले सजाय दिनु हुन्छ? कतिपय अंहकारी मानिसहरूले मलाई झूटो कुराहरू जुन तपाईंको उपदेशहरूको विरूद्ध हुन् तीद्वारा मलाई प्रहार गरे। हे परमप्रभु, मानिसहरू सबैले तपाईंको आज्ञाहरूमाथि भरोसा गर्न सक्छन्, ती मानिसहरूले बिना कारणै मेरो खेदो गरे, मलाई सहायता गर्नुहोस्! ती मानिसहरूले प्रायः मलाई ध्वंश गरिसके। तर मैले तपाईंको आज्ञाहरू मान्न छाडिनँ। हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा मलाई दर्शाउनु होस् अनि मलाई बाँच्न दिनुहोस् र तपाईंले जे भन्नुहुन्छ म त्यही गर्नेछु। हे परमप्रभु, तपाईंका वचनहरू सदा-सर्वदा रहनेछन्। तपाईंका वचनहरू स्वर्गमा पनि अनन्त रहनेछन्। तपाईं सदा-सर्वदा विश्वासी हुनुहुन्छ। हे परमप्रभु, तपाईंले पृथ्वी सृजना गर्नुभयो, अनि यो अझ विश्वासयोग्य हुनुहुन्छ। तपाईं कै नियमहरूले गर्दा, यो आज सम्म जीवित रहेको छ किनभने यसले तिनीहरूलाई दासले झैं पालन गर्दछ। यदि तपाईंको शिक्षाहरूमा मैले आनन्द नलिएको भए, मेरो पीडाहरूले मलाई ध्वंश पार्ने थियो। हे परमप्रभु, म तपाईंको आज्ञाहरू कहिल्यै भुल्ने छैन किनभने तिनीहरूले मलाई बाँच्न दिए। हे परमप्रभु, म तपाईंकै हुँ, यसैले मलाई बचाउनु होस्। किनभने मैले तपाईंको आज्ञाहरू पालन गर्न यथाशक्य कोशिश गरें। दुष्ट मानिसहरूले मलाई ध्वंश गर्ने प्रयास गरे। तर तपाईंको नियमले मलाई ज्ञानी बनायो। तपाईंको नियमहरू बाहेक प्रत्येक कुराको आफ्नो सीमा हुन्छ।
भजनसंग्रह 119:73-96 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंका हातले मलाई बनाए, र मलाई आकार दिए। तपाईंका आज्ञाहरू बुझ्ने समझशक्ति मलाई दिनुहोस्। तपाईंको भय मान्नेहरू मलाई देखेर खुशी होऊन्, किनभने म तपाईंको वचनमा भर पर्दछु। हे परमप्रभु, तपाईंका नियमहरू धार्मिक छन्, अनि आफ्नो विश्वसनीयतामा तपाईंले मलाई दु:ख दिनुभएको छ भनी म जान्दछु। तपाईंको अचूक कृपा मेरो निम्ति सान्त्वना होस्, यो आफ्नो दासलाई दिनुभएको प्रतिज्ञाअनुसार होस्। तपाईंको करुणा ममाथि रहोस्, र म जीवित रहूँ, किनकि तपाईंको व्यवस्था मेरो आनन्द हो। अहङ्कारीहरू शर्ममा परून्, किनकि अकारण तिनीहरूले मलाई हानि पुर्याउँछन्। तर म तपाईंको आदेशहरूमाथि ध्यान गर्नेछु। तपाईंको भय मान्नेहरू र तपाईंका कानून बुझ्नेहरू मतर्फ फर्कून्। तपाईंका आज्ञाहरूप्रति म निष्खोट रहन सकूँ, र मलाई लज्जित हुन नपरोस्। मेरो प्राण तपाईंको उद्धार प्राप्त गर्नलाई व्याकुल छ, तर मैले तपाईंको वचनमाथि आशा राखेको छु। तपाईंका प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दै मेरा आँखा धमिला भइसकेका छन्। म भन्दछु, “तपाईंले मलाई कहिले सान्त्वना दिनुहुन्छ?” धूवाँमा राख्दाराख्दा खुम्चिएको दाखमद्यको मशकजस्तो म भइसकेको छु, तापनि तपाईंका विधिहरू मैले बिर्सेको छैनँ। तपाईंको दासले अझ कति पर्खनुपर्छ? मलाई सताउनेहरूलाई कहिले दण्ड दिनुहुन्छ? तपाईंका व्यवस्थाको विपरीत अहङ्कारीहरूले मेरो निम्ति खाड़ल खनेका छन्। तपाईंका आज्ञाहरू सबै भरपर्दा छन्। मेरो मदत गर्नुहोस्, मानिसहरूले अकारण मलाई सताउँछन्। तिनीहरूले मलाई धरतीबाट प्राय: नाश गरे, तर मैले तपाईंका आदेशहरू त्यागेको छैनँ। तपाईंको करुणाअनुसार मेरो प्राणको रक्षा गर्नुहोस्, र म तपाईंका मुखबाट निस्केका कानूनहरू पालन गर्नेछु। हे परमप्रभु, तपाईंको वचन सनातन र अनन्त छ, आकाशमा त्यो स्थिर रहन्छ। तपाईंको विश्वसनीयता सबै पुस्तासम्म रहन्छ। तपाईंले पृथ्वी स्थापित गर्नुभयो, अनि त्यो स्थिर छ। तपाईंका विधानहरू आजको दिनसम्म स्थिर छन्, किनकि सबै थोकले तपाईंको सेवा गर्छन्। तपाईंको व्यवस्था मेरो निम्ति आनन्द नहुँदो हो त, म आफ्नो कष्टमा नष्ट भइसक्नेथिएँ। तपाईंका आदेशहरू म कहिल्यै बिर्सनेछैनँ। किनकि तपाईंले तीद्वारा नै मेरो प्राणलाई सुरक्षित राख्नुभएको छ। मलाई बचाउनुहोस्, किनकि म तपाईंकै हुँ। मैले तपाईंका आदेशहरूको खोजी गरेको छु। दुष्टहरू मलाई नाश गर्न ढुकिबसेका छन्। तर म त तपाईंका कानूनहरूमा ध्यान दिनेछु। सिद्ध थोकहरूको पनि सीमा भएको मैले देखेको छु, तर तपाईंका आज्ञाहरू असीमित छन्।
भजनसंग्रह 119:73-96 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईंका हातहरूले मलाई बनाएका र आकार दिएका हुन्; तपाईंका आज्ञाहरू सिक्ने समझशक्ति मलाई दिनुहोस्। तपाईंको भय मान्नेहरू मलाई देखेर खुशी होऊन्; किनकि मैले मेरो आशा तपाईंको वचनमा राखेको छु। हे याहवेह, म जान्दछु, तपाईंका नियमहरू धार्मिक छन्, र आफ्नो विश्वसतामा तपाईंले मलाई ताडना दिनुभएको छ। आफ्नो सेवकलाई गर्नुभएको प्रतिज्ञाअनुसार तपाईंको अचुक प्रेम मेरो सान्त्वना बनोस्! तपाईंको कृपा ममाथि रहोस्, ताकि म जीवित रहन सकूँ; किनकि म तपाईंको व्यवस्थामा नै रमाउँदछु। कारणविना मलाई दोष लगाएका हुनाले अहङ्कारीहरू शर्ममा परून्; तर मचाहिँ तपाईंका विधिहरूमा मनन गर्नेछु। तपाईंको डर मान्नेहरू, र तपाईंका कानुन बुझ्नेहरू मतिर फर्कून्। मेरो निर्दोष हृदयले तपाईंका उर्दीहरू पालन गर्न सकूँ, ताकि म शर्ममा नपरूँ! मेरो प्राण तपाईंको मुक्ति प्राप्त गर्ने तिर्सनामा व्याकुल छ; तर मैले आफ्नो आशा तपाईंको वचनमा राखेको छु। तपाईंको प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दै मेरा आँखाहरू धमिला भइसकेका छन्; म सोध्छु, “तपाईंले मलाई कहिले सान्त्वना दिनुहुन्छ?” म धुवाँमा राख्दा-राख्दै खुम्चिएको दाखमद्यको मशकझैँ भएँ; तापनि मैले तपाईंका उर्दीहरू बिर्सेको छैनँ। तपाईंको सेवकले कहिलेसम्म पर्खनुपर्छ? मलाई खेदो गर्नेहरूलाई कहिले दण्ड दिनुहुन्छ? तपाईंको व्यवस्थाको विरोध गर्ने अहङ्कारीहरूले मलाई पासोमा पार्न खाडल खनेका छन्। तपाईंका सारा आज्ञाहरू भरोसायोग्यका छन्; मलाई मदत गर्नुहोस्, म कारणविना सताइएको छु। तिनीहरूले झण्डै मलाई पृथ्वीबाट नाश गरे; तर मैले तपाईंका विधिहरू त्यागेको छैनँ। तपाईंको अचुक प्रेमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्; ताकि म तपाईंको मुखबाट निस्केका कानुनहरू पालन गर्न सकूँ। हे याहवेह, तपाईंको वचन अनन्त छ; यो स्वर्गमा सदैव दृढ रहन्छ। तपाईंको विश्वासयोग्यता पुस्तौँ-पुस्तासम्म रहिरहन्छ; तपाईंले नै पृथ्वीलाई स्थापित गर्नुभयो; अनि यो स्थिर रहन्छ। तपाईंका नियमहरू आजको दिनसम्म स्थिर छन्; किनकि सबै सृष्टिले तपाईंको सेवा गर्दछन्। तपाईंको व्यवस्थामा मेरो निम्ति आनन्द नहुँदो हो त म आफ्नो पीडामा नष्ट भइसकेको हुन्थेँ। तपाईंका विधिहरू म कहिल्यै बिर्सनेछैनँ; किनकि तीद्वारा नै तपाईंले मेरो जीवनको रक्षा गर्नुभएको छ। मलाई बचाउनुहोस्; किनकि म तपाईंकै हुँ; मैले तपाईंका विधिहरूको खोजी गरेको छु। दुष्टहरूले मलाई नाश गर्न ढुकेर बसेका छन्; तर मचाहिँ तपाईंका कानुनहरूमा ध्यान दिनेछु। हरेक सिद्धताको पनि सीमा भएको मैले देखेको छु; तर तपाईंका आज्ञाहरू असीमित छन्।
भजनसंग्रह 119:73-96 पवित्र बाइबल (NERV)
हे परमप्रभु, तपाईंले मलाई बनाउनु भयो अनि मलाई सघाउनु भयो। मलाई तपाईंका आज्ञाहरू सिक्नु र बुझ्नुलाई सहयोग गर्नुहोस्। हे परमप्रभु! तपाईंका भक्तजनहरूले मलाई हेर्दछन् र आदर गर्दछन्। तिनीहरू खुशी छन् किनभने तपाईंले जे भन्नुभयो मैल त्यसैमा विश्वास गरें। हे परमप्रभु, म जान्दछु कि तपाईंका निर्णयहरू निष्पक्ष छन्। अनि तपाईंले मलाई दण्ड दिनु सठीक थियो। अब, तपाईंको स्नेहपूर्ण करूणाले मलाई सान्त्वना दिनुहोस्। तपाईंको प्रतिज्ञा बमोजिम मलाई सान्त्वना दिनुहोस्। हे परमप्रभु, मलाई सान्त्वना दिनुहोस् र मलाई बाँच्न दिनुहोस्। म तपाईंको शिक्षाहरूमा आनन्दित् हुन्छु। मानिसहरू ज-जसले तिनीहरू म भन्दा असल हुँ भनेर सोचे, र मेरो बारेमा झूटो बोले। ती मानिसहरू लज्जित होऊन् परमप्रभु, म तपाईंको व्यवस्था सिक्छु, पढछु। भरोसा गर्छु तपाईंको भक्तजनहरू मकहाँ फर्केर आऊन। यसकारण तिनीहरूले तपाईंको करार-वचनहरू सिक्न सक्छन्। परमप्रभु, मैले तपाईंको आज्ञाहरू सम्पूर्ण प्रकारले पालन गर्न सकुँ, ताकि म लज्जित हुने छैन। म मर्न आँटेको छु। तपाईंले मलाई बचाउनु हुन्छ भनेर पर्खिरहेछु। तर परमप्रभु, तपाईंले भनेका कुराहरूमा म भरोसा गर्छु। मैले तपाईंको प्रतिज्ञा लगातार हेरिरहेकोछु। तर मेरो आँखाहरू शिथिल भइरहेछन्, परमप्रभु कहिले मलाई सान्त्वना दिनुहुन्छ? म धुवाँमाथि झुण्डियाएर राखिएको सुक्खा छालाको थैलो भए तापनि, तपाईंको नियमहरू भुल्ने छैन। म कहिले सम्म बाँच्ने छु? हे परमप्रभु, जसले मेरो खेदो गरे, ती मानिसहरूलाई कहिले सजाय दिनु हुन्छ? कतिपय अंहकारी मानिसहरूले मलाई झूटो कुराहरू जुन तपाईंको उपदेशहरूको विरूद्ध हुन् तीद्वारा मलाई प्रहार गरे। हे परमप्रभु, मानिसहरू सबैले तपाईंको आज्ञाहरूमाथि भरोसा गर्न सक्छन्, ती मानिसहरूले बिना कारणै मेरो खेदो गरे, मलाई सहायता गर्नुहोस्! ती मानिसहरूले प्रायः मलाई ध्वंश गरिसके। तर मैले तपाईंको आज्ञाहरू मान्न छाडिनँ। हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा मलाई दर्शाउनु होस् अनि मलाई बाँच्न दिनुहोस् र तपाईंले जे भन्नुहुन्छ म त्यही गर्नेछु। हे परमप्रभु, तपाईंका वचनहरू सदा-सर्वदा रहनेछन्। तपाईंका वचनहरू स्वर्गमा पनि अनन्त रहनेछन्। तपाईं सदा-सर्वदा विश्वासी हुनुहुन्छ। हे परमप्रभु, तपाईंले पृथ्वी सृजना गर्नुभयो, अनि यो अझ विश्वासयोग्य हुनुहुन्छ। तपाईं कै नियमहरूले गर्दा, यो आज सम्म जीवित रहेको छ किनभने यसले तिनीहरूलाई दासले झैं पालन गर्दछ। यदि तपाईंको शिक्षाहरूमा मैले आनन्द नलिएको भए, मेरो पीडाहरूले मलाई ध्वंश पार्ने थियो। हे परमप्रभु, म तपाईंको आज्ञाहरू कहिल्यै भुल्ने छैन किनभने तिनीहरूले मलाई बाँच्न दिए। हे परमप्रभु, म तपाईंकै हुँ, यसैले मलाई बचाउनु होस्। किनभने मैले तपाईंको आज्ञाहरू पालन गर्न यथाशक्य कोशिश गरें। दुष्ट मानिसहरूले मलाई ध्वंश गर्ने प्रयास गरे। तर तपाईंको नियमले मलाई ज्ञानी बनायो। तपाईंको नियमहरू बाहेक प्रत्येक कुराको आफ्नो सीमा हुन्छ।
भजनसंग्रह 119:73-96 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईंले मलाई बनाउनुभयो र मलाई कुशल राख्नुहुन्छ, मलाई समझशक्ति दिनुहोस् र म तपाईंका व्यवस्थाहरू सिक्न सकूँ। तपाईंलाई आदर गर्नेहरू मलाई देखेर खुसी हुनेछन् किनभने म तपाईंको प्रतिज्ञामा भरोसा राख्दछु। परमप्रभु, म जान्दछु कि तपाईंका न्यायहरू धार्मिक छन् र तपाईंले मलाई दण्ड दिनुभयो किनभने तपाईं विश्वासयोग्य हुनुहुन्छ। म तपाईंको दासलाई दिनुभएको प्रतिज्ञाअनुसार तपाईंको अटुट प्रेमले मलाई सान्त्वना दिनुहोस्। ममाथि कृपालु हुनुहोस् र म जिउनेछु किनभने म तपाईंको नियममा आनन्द पाउँछु। मलाई झूटो दोष दिएको कारणले घमण्डीहरू लाजमा परून्, मचाहिँ तपाईंका अर्तीहरूमा ध्यान गर्नेछु। तपाईंलाई आदर गर्नेहरू र तपाईंका आज्ञा बुझ्नेहरू सबै मकहाँ आऊन्। मेले तपाईंका व्यवस्था पूर्णरूपले मान्न सकूँ र हार्दा हुने लाजदेखि बाँच्न सकूँ। हे परमप्रभु! तपाईंले मलाई कहिले बचाउनुहुन्छ भनी पर्खंदा-पर्खंदा म थाकिसकें। म तपाईंको वचनमा भरोसा गर्दछु। तपाईंले प्रतिज्ञा गर्नुभएको कुराको बाटो हेर्दा-हेर्दा मेरा आँखा टट्टाइसके र म सोध्दछु, “तपाईंले मलाई कहिले मद्दत गर्नुहुन्छ?” फ्याँकिएको दाखमद्यको मशकजस्तै म बेकामको छु, तापनि मैले तपाईंका आज्ञाहरूलाई भुलेको छैनँ। अझै मैले कहिलेसम्म पर्खनुपर्ने हो? मेरो खेदो गर्नेहरूलाई कहिले दण्ड दिनुहुन्छ? तपाईंको आज्ञा नमान्ने घमण्डी मानिसहरूले मलाई पासोमा पार्न खाडलहरू खनेका छन्। तपाईंका सम्पूर्ण आज्ञाहरू विश्वासयोग्य छन्, झूटो कुरा भनेर मानिसहरूले मलाई सताउँछन्, मेरो मद्दत गर्नुहोस्। मलाई मार्न तिनीहरू झण्डै सफल भएका थिए, तर मैले तपाईंका आज्ञालाई बिर्सेको छैनँ। तपाईंको अनन्त प्रेमको खातिर मेरो भलाइ गर्नुहोस्, र मेले तपाईंको व्यवस्था मान्न सकूँ। हे परमप्रभु! तपाईंको वचन सदा-सर्वदा रहनेछ, यो स्वर्गमा अनन्त छ। तपाईंको विश्वासयोग्यता युगयुगसम्म रहँदछ, तपाईंले पृथ्वीलाई त्यसको ठाउँमा राख्नुभएको छ र त्यो कतै सर्दैन। तपाईंको आज्ञाले सबै कुरा आजसम्म रहेका छन् किनभने ती सबै तपाईंका सेवकहरू हुन्। तपाईंको व्यवस्था मेरो रमाहटको मूल कारण नहुँदो हो त म मेरा कष्टमा मरिसक्नेथिएँ। म तपाईंका अर्तीहरू कहिल्यै भुल्नेछैनँ किनभने तपाईंले तीद्वारा मलाई जीवित राख्नुभएको छ। म तपाईंको हुँ, मलाई बचाउनुहोस्! मैले तपाईंका आज्ञाहरू मान्ने चेष्टा गरेको छु। दुष्टहरू मलाई मार्न पर्खिरहेका छन्, तर म तपाईंका व्यवस्थाहरूमा ध्यान गर्नेछु। हरेक कुराको सीमितता छ भनी मैले सिकेको छु, तर तपाईंको आज्ञा सिद्ध छ।