YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:57-64

भजनसंग्रह 119:57-64 NERV

हे परमप्रभु, मैले मेरो कर्त्तव्य नै तपाईंको आज्ञाहरू पालन गर्नु हो भनेर निर्णय लिएँ। हे परमप्रभु, म सम्पूर्ण रूपले तपाईंमाथिनै आश्रित छु मप्रति सधैँ तपाईंले वचन दिए झै, कृपादृष्टि रहोस्। मैले आफ्नो जीवनलाई खुब होशियारिसँग सोचें। अनि म तपाईंको करार प्रति फर्किएर आएँ। कुनै विलम्ब नगरीकन हतारिन्दै म तपाईंको आज्ञाहरूलाई पालन गर्नलाई फर्कें। केही दुष्ट मानिसहरूका झुण्डले मेरो बारेमा नीच कुराहरू गरे। तर परमप्रभु, मैले तपाईंको उपदेशहरू भुलिनँ। तपाईंको धार्मिक निर्णयहरूको निम्ति धन्यवाद दिन म रातमा उठें। ज-जसले तपाईंलाई पूज्दछन् म ती सबै मानिसहरूको साथी हुँ। ज-जसले तपाईंको आदेशहरू मान्दछन, म ती सबै मानिसहरूको साथी हुँ। हे परमप्रभु, पृथ्वी तपाईंको स्नेहपूर्ण करूणाले भरिन्छ। मलाई तपाईंको नियमहरू सिकाउनुहोस्।

भजनसंग्रह 119 पढ्नुहोस्